अस्ट्रेलियामा नेपाली युवा लोहनीले खोले कलेज

दमौली खबर सम्बददाता,

दमौली असार २५, अष्ट्रेलियाको न्यू साउथ वेल्समा नेपाली युवाले कलेज खोलेका छन । नेपाली युवा सागर लोहनी को लगानीमा खोलिएको प्राबिधिक कलेज ‘ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन’को अस्ट्रेलियाका पूर्व यातायात/पर्यटन मन्त्री ब्रुश बैर्डले उद्घाटन गरेका छन।

उद्घाटन मन्तव्यमा बैर्डले नेपाली युवाहरुको लगानीले गौरवान्वित बनाएको बताउँदै सफलताको शुभकामना दिए। बैर्डले दस बर्ष देखि सङ्गतको आधारमा संस्थापक लोहनीको नेतृत्वमा कलेजले धेरै प्रगती गर्ने बिश्वास व्यक्त गरे ।

उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी, अकाउन्टिङ, ब्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङ लगायतका कोर्समा पढाई हुने संस्थापक सागर लोहनीले बताए। प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ।

अधिकांश विद्यार्थीको काम र पढाइ बिच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक बिषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसकाले कोर्स सुरु गरिएको लोहनिले बताए।

हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ। प्राबिधिक र व्यावसायिक सीप भएका ब्याक्तीलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहोनिको भनाइ छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button