क्षत्रीलाई समानुपातिक समावेशी आरक्षण माग,

जनंसख्याको आधारमा आरक्षण हुनुपर्ने वक्ताहरु जोड,

माघ १२, दमौली

दमौली खबर संवाददाता

संयुक्त खश क्षत्री नेपाल केन्द्रिय समितिले नेपालमा सबैभन्दा धेरै संख्यामा रहेको क्षत्रीलाई पनि जनसंख्याका आधारमा राज्यको सबै क्षेत्रमा समानुपातिक समावेशी आरक्षण माग गरेको छ । संयुक्त खश क्षत्री नेपालको विस्तारित केन्द्रिय कार्यसमितिको वैठक कार्यक्रमका वक्ताले जातीयभन्दा वर्गीय आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने विचार राखेका हुन् ।

उनिहरुले दमौली बजारमा ¥याली निकाल्दै नेपालका खश क्षत्री समुदायको स्वतन्त्र पहिचान र अधिकार सहि आदिवासि जातीमा सूचिमा सूचिकृत गर, जात र जनंख्याको आधारमा राज्यको सबै निकाय मा पूर्ण सामानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर,नेपाललाई बहुजायि सनातन हिन्दुधर्म राष्ट्र कायम गर, जेष्ठ नागरिकलाई प्रति महिना १० हजार सामाजिक सुरक्षा भत्ता लागु गथर भन्दै माग गरेका थिए । ¥याली पश्चात उनिहरुले कोण सभा भई कार्यक्रम गरेका थिए । कार्यक्रममा बोल्दै महासंघका संस्थापक अध्यक्ष मानबहादुर थापाले जातीय आधारमै आरक्षणको प्रावधान राखिरहने हो भने पिछडिएका क्षत्रीलाई पनि उक्त अवसरबाट वञ्चित गर्न नहुने बताए । सबैले आफ्नो राष्ट्र भन्ने कुरामा गर्व गर्न सके मात्र राष्ट्रियता बलियो हुने उनको भनाइ थियो ।

महासंघका सहअध्यक्ष ताराबहादुर बस्नेतले नेपालको इतिहास, धर्म, संस्कृति एवं परम्पराको संरक्षण हुनुपर्नेमा जोड दिए । उनले जातीय आरक्षण दिनु भनेको पिछडिएको वर्गको प्रतिस्पर्धी क्षमता घटाएर उनीहरूलाई अझ पछि धकल्नु रहेको बताए । उनले भने, “ आरक्षण जातको आधारमा होइन वर्गीय आधारमा हुनुपर्छ भन्ने मुल नारा तथा उद्देश्यका साथ हामीले अब आफ्नो क्षेत्र फराकिलो पर्दै देशैभरी यो अभियानलाई पु¥याउनु पर्नेछ ।” त्यस्तै महासंघका महासचिव वासुदेव खड्काले आरक्षण गरिबभन्दा गरिब जो राज्यको कुनै पनि सुविधाबाट वञ्चित रहेको बताए ।कार्यक्रममा बोलेका अन्य वक्ताहरुले राज्यले विनाभेदभाव सबैलाई अनिवार्य शिक्षाको ग्यारेन्टी गर्ने हो भने कसैलाई आरक्षण आवश्यक नै बताएका थिए । महासंघका अध्यक्ष श्रीराम थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल अधिराज्य भरिका क्षेत्री समाजको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button