प्रथम म्याग्दे अध्यक्ष कप सुरु

दमौली खबर सम्बंददाता
दमौली वैशाख ८ ।प्रथम अध्यक्ष कप तथा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता म्याग्देको मनहरीमा सुरु भएको छ ।“ स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद “ भन्ने मुल नाराका साथ आदर्श नमुना युवा क्लवको प्राङ्गणमा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गरिन् ।उनले नयाँ बर्षको सुरुवात सँगै खेलकुदको क्षेत्रलाई पनि अगाडि बढाउन प्रतियोगिता आयोजना गरेको बताइन् ।

उत्साह , जोश र जाँगर लिएर खेल क्षेत्रमा भाग लिन उनले सबैलाई आग्रह गरिन् । उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्र खेलकुदका धेरै बिधाहरूमा छलफल गरेर जनप्रतिनिधि कर्मचारी मैत्रीपूणर् फुटबल , वडास्तरिय फुटबल , खुल्ला भलिबल , माध्यमिक बिद्यालय स्तरीय छात्रछात्रा खेल आयोजना गरिएको बताए । म्याग्दे गाउँपालिकाले अब छिट्टै म्याग्दे गाउँ पालिका स्तरीय खेलकुद समिति गठन गर्न लागेको र त्यसले खेल क्षेत्रलाई माथि उकास्न सहयोग पुर्याउने घिमिरेको भनाइ थियो ।

खेलकुद पुर्वाधार निर्माणका चरणमा गाउँपालिका लागिरहेको र त्यसको सुरुवात थर्पुमा रहेको गुणस्तरीय ब्याडमिन्टन कभर्डहल तयार भएकोले देखाएको उनले प्रस्ट्याए । म्याग्देको तिलहारमा रङ्गसाला निर्माणको चरणमा रहेको र अन्य सबै वडामा खेलमैदान निर्माण गर्ने घिमिरेको भनाइ थियो । म्याग्दे गाउँपालिकाले अब छुट्टै स्थानीय पाठ्यक्रम तयार गर्न लागेको र त्यसले खेल क्षेत्र लगायतका स्थानीय तहलाई समेट्ने बताए । कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नँ १ का अध्यक्ष शिवसरण वाग्ले , प्रेमबहादुर थापा , पदमराज वाग्ले , नेकपा एमाले म्याग्देका अध्यक्ष रत्ना घिमिरे , नेपाली काङ्ग्रेस म्याग्देका सभापति रामबहादुर अधिकारी , जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष मनिराज थापा , आदर्श नमुना युवा क्लवका अध्यक्ष गौरबराज राना लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button