दमौलीका युवाद्धारा जिल्ला प्रशासनको ध्यानाकर्षण

दमौली खबर संवाददाता
जेठ १० दमौली

 

दमौलीका युवाहरुले जिल्लामा भएका क्वारेन्टिनको व्यवस्थापन सुधार गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीलाई ज्ञापन पत्र बुझाउदै दमोली युवा समुहले क्वारेन्टिन सुरक्षित नहुदा थप सङक्रमण बढ्ने जोखिम भएकाले सुधार गर्न आग्रह गरेका हुन् । त्यस्तै उनिहरुले आर.डि.टि परिक्षणमा पटक पटक असफल भईरहेको थाहा पाई रहदा जनतालाई क्रसित बनाउन आदिकविको क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको आर.डि.टि परिक्षण गरि छोड्दा समाजमा नराम्रो परिणाम देखिएको भन्दै आर.डिटि परिक्षण पूर्ण रुपमा बन्द गर्न माग गरेका छन् । जिल्लाका हरेक क्वारेन्टाईनमा बस्ने व्यक्तिहरुले सामाजिक दुरी कायम देखि सावधानी गरेको छ कि छैन भनि निगरानी गर्न , आईशोलेस पूर्ण रुपमा व्यवस्थापन गर्न युवाहरुले माग गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button