६५ परिवारलाई राहात वितरण

बिलिभर्स ईस्टर्च चर्च समुदायले नेपालको वर्तमान परिस्थितिमा कोभिड–१९ महामारीले दैनिक जनजिवनमा पारेको असरलाई मध्यनजर गरि देवघाट गाउँपालिका वडा नं ४ लगायतका विभिन्न गाउँहरुमा राहत वितरण गरेको छ । गाँउपालिकाको गाइघाट, काफलसोरा, कविलास, सिङचाङ, बेलडाँडा, सालघारी, सालडाँडाका स्थानियवासीहरुको अनुरोधमा अति आवश्यकतामा रहेका ६५ घर परिवारलाई चामल,दाल, नुन, तेल, उपलब्ध गराएको हो ।

उक्त राहात वितरण कार्यक्रममा बोल्दै देवघाट गाँउपालिका वडा नं ४ का वडाध्याक्ष पदम बहादुर गुरुङले स्थानियवासी तथा स्थानिय सरकारको तर्फ बाट बिलिर्भस ईस्टर्न चर्च समुदाय नेपालले गरेको अतुलनीय सहयोगप्रति धन्यवाद प्रकट गरे । उनले स्थानियवासीहरुको हालको अर्काे जटिल समस्या खानेपानी पनि रहेको र सो समस्यालाई पनि निकट भविष्यमा सबैसँग सहकार्य गर्दै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त राहात वितरण कार्यक्रमको बारेमा गोपाल क्षेत्रीले गरिब, दीन, दुःखी, एकल महिला, वृद्धवृद्धाको सेवा गर्नु नै सच्चा धर्म रहेको बताए ।उक्त राहत वितरण कार्यक्रममा वडा सदस्य दुर्गामान गुरुङ विभिन्न जिल्लाका चर्चका प्रमुख चन्द्रलाल आले मगर, पादरी फादर हुमलाल गुरुङ, खिम बहादुर घर्ती मगर र दमौलीबाट रोहित तामाको उपस्थिति रहेको थियो ।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button