कोलम्बियाकी नटलिया जसले नेपालमा पनि परिवार पाईन्

पढाई र कामको थकानबाट केही समय मुक्ति पाउनको लागि कोलम्बियाकी नटलिया गोसाले नेपाललाई रोजिन् । कोलम्बियाको मेशिनयुक्त जीवनबाट मुक्ति पाउने र नेपालको प्राकृतिक सुन्दरतामा रमाउने सोचका साथ उनी गत चैत महिलनाको पहिलो साता नेपाल ल्याण्ड भइन् । कोलम्बियामा ईन्जीनियरको काम गदै आएकी नटलिया नेपाल उत्रिने बित्तकै पहाडकी रानीको रुपमा चिनिने तनहँुको बन्दिपूरमा आईन् । केही समयको लागि भनेर अन्जान ठाँउमा आएकी उनी कोरोनाको महामारीले गर्दा सरकारले गरेको लकडाउनमा त्यही रोकिइन् । केही दिनको मनमोहक दृश्य अवलोकन गर्न उनले बन्दीपुरमा रहेको सौर्य होटलमा एक रुम लिएर बसेकी थिइन् । तर लकडाउन गर्दा उनि त्यही लामो समय बस्न बाध्य भईन् । ‘ विदेशको ठाँउ त्यहाँ माथि सात महिनादेखी कोठा भित्रमात्र सीमित हुँदा मानसिक समस्याको सिकार हुन सक्छन्, तर मैले त यहाँ एउटा परिवार पाएको अनुभव गरे,’ उनले भनिन् । उनी अहिले नेपाली भाषा सिकि रहेको छिन् । साथै आफु बसेको होटेलको व्यवस्थापनमा, कसेराबारीमा गोड्मेल, घरमा बालबच्चाहरु हेर्ने जस्ता काम गरेर समय बिताइहेको उनले बताईन् । कोरोनाको महामारी कम भएपछि उनको देश फर्काउने योजना राखेको उनले बताईन् ।

टुरिष्ट भिषामा नेपाल आएकी उनको नेपाल सरकारले लकडाउन थपिरहँदा भिषा सकियो नटलियाले बताईन् । नेपाल घुम्न के लागि एक्ले आएकी उनलाई भिषा थप गर्नको लागि कहाँ कसरी आवेदन दिने भन्ने अन्यौलका भिषा थप हुन सकेन । यस अवधिमा कोरम्बियामा रहेका आफ्नो परिवारलाई खुबै सम्झेको भए पनि नेपालमा रहेको यस परिवारले उनलाई त्यसको महसुस गर्न नदिएको बताइन् । कोलम्बियामा रहेका मेरा परिवारसंग म भिडियो कल मार्फत कुरा गर्ने गर्छु, उनले भनिन् । केही समयका लागि भनेर नेपाल आएकी उनी कोरोना महामारी र नेपालमा भएको लकडाउनका कारण बन्दीपुरको सौर्य होटलमा बसेको करिब ७ महिना भयो । विदेशी पर्यटकहलाई उद्धार गरी स्वदेश फिर्ता गरेको भएपनि उनी सहकार्यका अभावका कारण नेपालमा ने सात महिना देखी बसी रहेकी छिन् । टिमसंग सहकार्य नगरी एक्ले आएकोले पनि आफुलाई भिसा तथा उद्धार समस्या भएको उनी बताउछिन् ।

होटल सञ्चालक मनकुमारी थापाले आमा छोरी मात्र बसेर होटल व्यवसाय सञ्चालनमा ल्याएका थिए । कोरोनाको हल्ला सुरु भएसंगै व्यस्त बन्दीपुरमा पनि कमै मात्र पर्यटक आउजाउ भएको थियो । उनले भनिन्, ‘कोरोना हल्ला सुरु भएको क्रममा कोलम्बियाकी नटलिया गोसा त्यहाँ आइ पुगिन्, र सरकारले घोषणा गरेको लकडाउनमा फसिन् ।’ मनकुमारी पनि छोरी र आफु मात्र भएकोले नोटलियालाई साथि पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘विदेशी नागरिक भन्दा पनि घरको एक सदस्यको रुपमा लिएको भिसा सकिएको हुनाले जाने बेलामा भिषा तथा अन्य खर्च रकम आफ्ना ने जिम्मेवारी रहेको बताइन् । ‘अहिलेलाई निशुल्क खान बस्नको दिइरहेका छौँ, उनले पनि आफुले जानेको र नजानेको पनि सिक्दै काम गर्दै परिवार सँग राम्रो घुलमिल भइरहेकी छिन् ’मनकुमारीले भनिन्

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button