तनहुँका ग्रामिण क्षेत्रमा लकडाउनको प्रभाव कम

दमौली खबर संवाददाता
चैत १४ दमौली

कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन घोषणा गरे पनि तनहुँका ग्रामिण क्षेत्रमा प्रभाव न्युन देखिएको छ । विदेशबाट फर्किएका युवाहरु गाउँघर घुमीरहेका छन । भने गाउँका सर्वसाधरण विना मास्क साथीभाई मिलेर खोलामा माछा मार्ने व्यस्त छन । कोरोना भाइरसबाट बच्न, न त सावधानी अपानएको छ, न त सुरक्षा नै ।सुरक्षित रुपमा होमक्वारेन्टाइनमा बस्नुपर्ने भएपनि समुहमा माछा मारेर हिडेका छन ।घरमा बस्नुभन्दा साथीभाई मिलेर माछा मार्न झरेको सर्वसाधरण बताउनछन ।
अधिकांश किसान यतिबेला चैते धान रोप्ने चटारो छ । किसान धान रोप्न खेतखेतमा पुगेका छन् । लकडाउनको असर ग्रामीण क्षेत्र र किसानमा परेको छैन ।कोरोना संक्रमणको त्रास भन्दा किसानलाई खेताली पाउदैन भन्ने त्रासमा देखिन्छन । मकै गोडमेल, मल बोक्ने, चैते धान रोप्ने समय हो । त्यसैले लकडाउनको समयमा पनि किसान खुलेआम बीना सावधानी दैनिक मेलापात र अर्मपर्मा गरेका छन ।
यता तनहुँका बजारी क्षेत्रमा लकडाउनका कारण जनजिवन सुस्त दमौलीमा लकडाउनको चौथो दिनपनि अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन चल्न सकेनन् । लकडाउनका कारण दमौलीको जनजिवन समेत सुनसान बनेको छ ।दमौलीमात्रै नभई, डुम्रे, आँबुखैरेनी दुलेगौंडा, खैरेनीटार, भिमाद लगायतका बजारी क्षेत्रको जनजिवन समेत सुनसान छ । वजारमा सरकारले कोभिङ १९ को रोकथामको लागि गरेकोलकडाउनलाई आमसर्वसाधारणाले साथ दिएका छन । लकडाउनको चौथो दिन दमौलीमा केही तरकारी पसल र केही खाद्यान्नका पसल बाहेक दमौली बजार सुनसान देखिएको थियो । बजारी क्षेत्रमा फाट्टफुट्ट बाहेक अन्य सवारी साधन सञ्चालन हुन सकेका छैनन् । बजारी क्षेत्रका अधिकां स्थानीयहरू घरभित्रै बसिरहेका छन् ।
यसैबीच घरमा बसिरहेका सर्वसाधारण हरूलाई समाजिक सञ्जालको प्रयोगले लकडाउा दैनिकी कटाउन सहज बनाएको छ । लकडाउनको समयमा सामाजिक सञ्जाल, रेडियो सुन्ने तथा टेलिभिजन हेर्नेको संख्या बढेको छ भने यसले दैनिकीलाई सहज बनाएको छ ।अहिलेको समयमा नयाँ नयाँ पुस्तक पढेर समेत सर्वसाधारणलाई दिन कटाउन सहज भएको छ । कोरोना भाइरसका कारण सरकारले घोषणा गरेको लक डाउनको उल्लङघन गरि सवारी साधनलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
चौथोदिन लकडाउनअटेर गरी सवारी गुडाउने २३ सवारी साधा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद शिलवालले बताउाुभयो ।
लकडाउनको बेवास्ता गरी अनावश्यक रुपमा सडकमा गुडेएका स्थानीय सवारीसाधन नियन्त्रणमा लिइएको एसपी सिलवालले बताउनुभयो । शुक्रबार १७ मोटरसाईकल र ६ स्कुटर गरि २३ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको हो । तिन दिनको तुलनामा चौथो दिन लकडाउन उल्लङघन गरि सवारी सञ्चालन गर्ने क्रममा कमि आएको सिलवालले जानकारी दिनुभयो ।अत्यावश्यक सवारी साधनहरुलाई भने निर्वाध रुपमा चल्न दिइएको प्रमुख सिलवालले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button