सामुदायिक विद्यालयलाई रोटरीको स्र्माट टिभि सहयोग

रोटरी क्लब अफ दमौलीले व्यासका ३ वटा समाुदायिक विद्यालयलाई इलेक्टोनिक सिकाई सहयोगी (ई–लर्निङ स्र्पोट) सामग्री हस्तान्तरण गरेको छ । रोटरी नेपालको साक्षरता अभियान अन्तर्गत व्यास नगरपालिका–११ स्थित बाराही मावि, व्यास–१२ स्थित अमरज्योति मावि र व्यास–६ स्थित इन्दु माविलाई एक–एक थान ४२ इन्चको स्मार्ट टि.भी हस्तान्तरण गरिएको हो । १ कक्षा देखी १२ सम्मको सबै कोर्स रेकर्ड गरिएको उक्त स्मार्ट टिभीबाट अनलाइन र अफलाइन दुबै तरिकाले पढाउन सकिने छ ।

उक्त सिकाई सामग्री नगर प्रमुख बैकुण्ठ न्यौपानेले बाराही माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र बहादुर अधिकारी, प्रअ हिराबहादुर अधिकारी, अमरज्योतिका शिक्षक अभिभावक संघका अध्यक्ष निल प्रसाद डौलीया साथै विद्यालयका प्रअ रामजी तिमल्सेना र इन्दु माविका विद्यालय व्यवस्थापन समितका अध्यक्ष चन्द्रकान्त भण्डारी र प्रअ रामकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै न्यौपानेले विद्यालयको स्तरीकरणको लागी सामग्रीले सहयोग पुग्ने बताए । यस्ता सामग्रीको प्रयोग विद्यालयका जनशक्तिलाई स्तरीकरण गर्ने समेत राम्रो अवसर भएकाले सही सदुपयोग गर्न न्यौपानेले आग्रह गरे । शिक्षा, स्वास्थ्यका क्षेत्रमा विगत लामो समयदेखि नै रोटरीको सहयोग रहदै आएको चर्चा गर्दै न्यौपानेले ई–लर्निङ सर्पोट सामग्रीले नगरको शैक्षिक स्तर उकास्ने काममा महत्पुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा बाराही माविका विव्यस अध्यक्ष बिरेन्द्र अधिकारीले यस्ता सामग्रीले शिक्षण सिकाई प्रक्रियालाई रोचक र थप प्रभावकारी बनाउन मदत पुग्ने बताए । अहिलेको समयमा प्रविधिको प्रयोग मार्फत गरिएको पठनपाठनले विद्यार्थीमा प्रविधिको ज्ञान समेत हुने भन्दै अधिकारीले सहयोग प्रति आभार व्यक्त गरे । कार्यक्रममा रोटरी क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष सुर्जाकुमार मल्लले रोटरी साक्षरता अभियान अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकालाई शिक्षाको मुलधारमा समेट्न विविध कार्यक्रम सञ्चालन भइरहेको बताए ।

सोही ३ वटा विद्यालयमा ई–लर्निङ सिकाई प्याकेजमै तीन वर्षका लागी मिडास सफ्टवेयर र इ–लाइव्रेरी हस्तान्तरणको तयारी पनि भइरहेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दमोदर भण्डारीले जानकारी दिए । २०३० सालसम्म १०० प्रतिशत साक्षरता पु¥याउने नेपाल सरकारको योजनालाई सघाउन रोटरी नेपालले हरेक रिजनमा प्रौढ शिक्षा, ह्यापी स्कुल कार्यक्रम, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक वितरण लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको र यस्ता कार्यक्रम हरेक वर्ष निरन्तर भइरहने भण्डारीले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button