शुक्लागण्डकीका मेयर किसान गुरुङलाई कोरोना

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङलाई कोरोना संक्रमण पुष्टी भएको छ । ५० बर्षीय मेयर गुरुङलाई मंगलबार कोरोना पुष्टी भएको हो । कन्ट्याक ट्रेसिङमा परेका उनको आईतबार स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशाला पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले पुष्टी गरे ।

‘कोरोना पोजेटिभ पुष्टी भएपनि उहाँमा कुनै लक्षण देखिएको छैन् । अवस्था सामान्य छ’ उनले भने, ‘सुरक्षित तरिकाले होम आईसोलेसनमा बस्नुभएको छ ।’ मेयर गुरुङसहित मंगलबार शुक्लागण्डकी नगरपालिकामा ५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै शुक्लागण्डकीमा कोरोना संक्रमितको संख्या १ सय ९७ पुगेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button