एकादशीमा नदी किनारमा नजान प्रशासनको उर्दी

जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यसबर्षको हरिबोधनी एकादशीका दिन नदी किनारमा स्नान गर्न र मेला भर्नका लागी रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालद्धारा हस्ताक्षरित सूचना जारी गर्दै भिडभाडले कोरोनाको जोखिम बढ्न सक्नदे भन्दै एकादशी लगायतका चाडपर्व मनाउदा नदी किनाराका घाट तथा मन्दिरमा उपस्थित नभईकन घरमै मनाउन अनुरोध गरिएको हो ।

सरकारी कार्यालयमा स्वास्थ्य मापदण्ड पालना नभएको पाईएपछि संक्रमणको जोखिम न्यूनीकरणका लागि अनिवार्य भौतिक दुरी कायम गर्न, मास्क लगाउन, साबुन पानी तथा स्यानिटाइजरको प्रयोग गर्न भनिएको छ । प्रशासनले सार्वजनिक सवारी साधनमा तोकिएका भन्दा बढी यात्रु नराख्न सुचनामार्फत निर्देशन दिईएको छ । नमान्नेलाई संक्रामक रोग ऐन अन्र्तगत कारबाही गर्ने चेतावनी समेत दिइएको छ । यस्तै, शुक्लागण्डकी नगरपालिकाले हरिबोधनी एकादशीको दिन सार्वजनिक विदा दिने भएको छ । मंगलबार प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीद्धारा हस्ताक्षरित सुचना सार्वजनिक गर्दै विहीबार विदा दिने जनाईएको हो ।

गतबर्षदेखी शुक्लागण्डकीले हरिबोधनी एकादशीको दिनमा सार्वजनिक विदा दिन थालेको छ । विहीबार नगरपालिका अन्तर्गतका कार्यालय र सामुदायिक विद्यालय बन्द रहनेछ । कोरोना भाईरस संक्रमणका कारण एकादशीको अवसरमा कतै पनि मेला लाग्ने अवस्था नरहेतापनि नगरले यसबर्ष विदा दिने निर्णय गरेको हो । गत बर्षसम्म नगरपालिकाको केन्द्रमा अवस्थित दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फुलैफुलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओईरो लाग्दथ्यो । मोक्ष प्राप्तीको आस्थाले छिमेकी जिल्ला स्याङजा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन आउने गर्दथे ।

एकादशीको दिन सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले बुधबारदेखी शुक्रबारसम्म भने नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुने जनाएको छ । मंगलबार मेयर किसान गुरुङलाई कोरोना संक्रमण पुष्टी भएपछि कर्मचारीको कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले ३ दिन कार्यालयबाट प्रवाहा हुने सेवा बन्द रहने जनाईएको छ । आईतबारदेखी कार्यालय सुचारु हुनेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button