सडक स्तरोन्नत्तीका लागि व्यास र शुक्लालाई सहयोग

नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजनाको समन्वयमा तनहुँको दुई पालिकाका भित्रका क्षेत्रका सडकको स्तरोन्नत्तीका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको व्यास नगरपालिकालाई र शुक्लागण्डकी नगरपालिकालाई सहयोग प्राप्त हुने भएको हो । व्यास नगरपालिकाका ३ वटा मुख्य सडकको स्तरोन्नत्तीका लागि ७५ करोड ३ लाख रुपैंया सहयोग प्राप्त हुने भएको हो ।नेपाल सरकार र विश्व वैंकविच सम्झौता भए अनुसार उक्त सडकहरुका लागि उक्त सहयोग प्राप्त हुने भएको हो ।

सहयोग सम्बन्धमा व्यास नगरपालिका र नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना विच शुक्रबार काठमाण्डौमा सम्झौता भएको छ ।सम्झौता पत्रमा आयोजनाका तर्फबाट आयोजना प्रमुख नवराज प्याकुरेल र व्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सडक अन्तरगत घाँसीकुवा, फराकचौर, माझँफाट, कलेस्ती हुदै व्यास मार्ग जोडिने पराशर मार्ग, पतेनिटार, चिन्तुटार, मादिवेशी, शेखटार हुदै शिशाघाट जोडिने मार्ग र केशवटार, कुलुङ, छाब्दी, कर्लुङ हुदै छिर्कने निस्कने मार्गको स्तरिकरण(कालोपत्रे) गर्ने कार्यक्रम रहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

योजना अन्तरगत लैङ्गीक समानता लगायत पुर्वाधार निर्माण र शासकीय सुधारका विषयमा पनि कार्यक्रम गरिनेछ । हाल वहाल रहेका जनप्रतिनिधिहरु निर्वाचित हुने वित्तिकै नेपाल सरकार र विश्व वैंकविच सम्झौता भएअनुसार काम अगाडी बढ्नुपर्नेमा कोभिड लगायत विविध कारणले नगरपालिका संगको सम्झौता ढीलो हुन पुगेको बताइएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकामा ५९ करोडको सडक विस्तार तथा स्तरोन्नतिको योजना सञ्चालन हुने भएको छ ।

योजना कार्यान्वयनका शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल शासकिय र पुर्वाधार आयोजनामार्फत् रकम प्रात भएको हो ।उक्त रकमबाट नगरपालिकाको दुलेगौंडा लामागाउँ मोटर मार्ग,लालध्यवज मोटर मार्ग र खैरेनीटार तीनखोले बयाम भुजीकोट हुदै कोत्रेसम्मको मोटर मार्ग निर्माण गरिने प्रमुख गुरुङले जानकारी दिए । यि सकडहरुको स्तरोन्नतिले नगरपालिकाको धार्मिक तथा ग्रामिण पर्यटन विकासमा टेवा पुग्ने गुरुङले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button