उपाध्यक्ष श्रेष्ठलाई आर्थिक सहयोग

नेपाल तरूण दल जिल्ला कार्यसमिति तनहुँका उपाध्यक्ष ज्योति श्रेष्ठलाई उपचारको क्रममा नेपाली काङ्ग्रेसमा आवद्ध रहेकाले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। छातीमा समस्या देखापरे पछि चितवन मेडिकल कलेजमा एक हप्ता देखि आइसियूमा उपचारत रहेका उपाध्यक्ष श्रेष्ठलाई दलका समितिले १ लाख २० हजार ६ सय रूपयाँ उनको परिवारलाई हस्तान्तरण गरेका हो । युवा व्यवसायिक एबम् समाजसेवी प्रदिप पौडेलको अग्रसरता उठेको उक्त रकम शुक्रबार परिवारलाई हस्तान्तरण गरिएको हो ।

विदेशमा रहेका नेपाली नागरिकले पनि सक्रिय रुपमा सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको पौडेलले जानकारी दिए । श्रेष्ठ लामो समय देखि नेपाली काङ्ग्रेसको भातृ सङठन नेपाल तरुण दल जिल्ला कार्यसमितिको उपाध्यक्ष छन ।पार्टीलाई आवश्यक परेको बेलामा सकृयसहभागी भै पार्टीका हरेक गतिबिधिमा अग्रसर भएर काम गर्ने गरेको पौडेलले बताए । अहिले उनलाई आईसीयुमा राखेर उपचार गरिएको छ । उपचारको लागि धेरै खर्च हुने र पारिवारिक अवस्था निकै कमजोर रहेको बताईएको छ ।

श्रेष्ठको उपचारको लागि नेपाली कांग्रेसका केन्द्रीय पुर्ब सहमहामन्त्री एबम पुर्ब गृहमन्त्री गोबिन्द राज जोशीले चितवन मेडिकलका वरिष्ठ डाक्टरहरु श्रेष्ठको स्वास्थ्य स्थिती बारे जानकारी लिएका थिए । पौडेलको नेतृत्वमा चितवन मेडिकल कलेज गएका शुभचिन्तकले श्रेष्ठलाई भेटि स्वास्थ्य स्थितिकोबारेमा बुझेर फर्किएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button