दुम्सीचौरमा पाहाड माथी ताल जग्गाको मुआब्जा वितरण

जिल्लाको ब्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा निर्माण भईरहेको कृत्रिम तालले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गरिएको छ । नारेश्वर खोलाको पानी थुनेर बनाइने पार्क सहितको तालले ७५ रोपनी क्षेत्रफलमा फैलिने र उक्त निर्माणले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । आईतबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरि मुआब्जा वितरण गरिएको हो ।

नगरप्रमुख न्यौपानेले ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापालाई मुआब्जाको चेक हस्तान्तरण गरे । उनका अनुसार अधिग्रहण भएको २४ रोपनी ११ आना जग्गाको मुआब्जा वितरणमा कुल एक करोड ३७ लाख ८६ हजार पाँच सय २२ खर्च भएको छ । जग्गा अधिग्रहण भएका सिम र अब्बललाई प्रति रोपनी ५ लाख ५० हजारका दरले वितरण गरिएको छ ।

भने दोयमलाई प्रति रोपनी पाँच लाख ७५ हजारका दरले वितरण गरिएको नगरप्रमुख न्यौपानेले बताए । प्रभावित भएकालाई सिद्धार्थ बैंक मार्फत मुआब्जा वितरण गरिएको छ । २८ रोपनी क्षेत्रफलमा बाध बाधेर ताल निर्माण गर्न लागिएको हो । निजि साझेदारीबाट पनि उक्त योजना निर्माण गर्न सकिने समेत उनले बताए । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित एक करोड ५० लाखको हाराहारीमा नारेश्वर ताल निर्माण गर्न लागिएको हो ।

उक्त निर्माणको लागि छिटै नै टेण्डर आवहान समेत गरिने न्यौपानेले बताए । उनले भने,‘गत वर्ष सुरु हुने काम कोरोनाले गर्दा टेण्डर आवहान गर्न सकिएन, अब केही दिनमै टेण्डर निकाल्ने छौं ।’ ताल तीनसय मिटर लामोे तालको चौडाई २८ देखि ६८ मिटरको रहने छ । तालको गहिराइ २.५ देखि ३ मिटर गहिरो हुनेछ । कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर उचाइको बाँध बाँधिने प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

बाँध निर्माणमा प्रदेश सरकारले लगानी गरेको छ । उनका अनुसार तालमा ३० हजार घनमिटरसम्म पानी सङ्कलन गर्न सकिने सो तालको पानी सिँचाइ र माछापालन गरिने बताए । गत वर्ष गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त तालको शिलान्यास गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button