अधिकारीको पहलमा दुई जनाको उद्धार

नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीको पहलमा अपाङगता भएका एक व्यक्ति सहित दुई जना व्यक्तिको उद्धार गरिएको छ ।

उपाध्यक्ष अधिकारीको पहलमा बरादीबाट दाङको तुल्सीपुर नगरपालिका वडा नं ११ घर भएका ५८ बर्षिय सन्तोष शाही र लम्जुङ घर भई हाल चितवनको शिवनगरमा अस्थायी बसोबास गर्दै आएका ६८ बर्षिय पदमबहादुर भण्डारी रहेका छन् । शाही र भण्डारी मानव सेवा आश्रम पोखराका प्रतिनिधी शुष्मा पौडेल र राजन सापकोटाले उद्धार गरेर पोखरा लगेका छन् । उद्धार गरिएका मध्ये शाहीको खुट्टाको पैतलाको भाग उपचार नपाएर झर्ने अवस्थामा रहेको छ । हिव्लचियर राखेर धकेल्दै गरेको देखेर सहयोग गर्न गएको थिए तर अवस्था नाजुक देखेपछि उद्धार नगरी मनै मानेन उपाध्यक्ष अधिकारीले भने । उनीहरुको नाजुक अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनालाई जानकारी गराएपछि डिएसपी तिमिल्सेनाले आँबुखैरेनीका प्रहरी निरिक्षक विकास थापालाई जानकारी गराएका थिए । त्यसपछि प्रहरीको टोली उद्धारका लागि बरादी पुगेको थियो । त्यसबीचमा अधिकारीले उद्धार गर्दा लाग्ने एम्बुलेन्स खर्च आफूले बेर्होने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

सो विषय जानकारी भए लगत्तै एम्बुलेन्स खर्च वापतको रकम आँबुखैरेनी गाउँपालिकाले बेर्होने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले गरेका थिए ।

उद्धार कार्यमा नेपाल तरुण दल आँबुखैरेनीका अध्यक्ष विजय गुरुङले समेत सहयोग गरेका थिए । यसैबीच शाही र भण्डारीको उद्धार कार्यमा सहयोग पुरयाउने सबैलाई तरुण दल आँबुखैरेनीका उपाध्यक्ष अधिकारीले धन्यवाद ज्ञापन गरेका छन् ।

Souce: Setimadi Daily , Dipendra Adhikari Facebook wall

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button