गाउँपालिकाको आफ्नै खर्चमा विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

दमौली खबर संवाददाता

तनहुँ, भदौ १

तनहुँको आबुखैरेनी गाउँपालिकाले आफ्नै खर्चमा कक्षा ६ का विद्यार्थीको दिवा खाजाको व्यवस्थापन गरेको छ ।

नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाइ प्रदान गर्दै आइरहेको दिवा खाजा रकम अभावले कटौती गरेपछि गाउँपालिकाले आफ्नै खर्चमा व्यवस्थापन गरेको हो । नेपाल सरकाले शैक्षिक सत्र २०८० देखि कक्षा ६ लाइ कटौटी गरि कक्षा ५ सम्मलाइ मात्र उपलब्ध गराउने निर्णयले विद्यार्थी मारमा परेकाले खाजाको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । आन्तरिक श्रोतबाट खर्च व्यवस्थापन गरि कक्षा ६ मा अध्ययन गर्ने करीव ६५० विद्यार्थीको लागि १८ लाख रुपियाँको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्गफुड (बाहिरी खानेकुरा) को प्रयोगलाई घटाउन दिवा खाजाको व्यवस्था गरिएको अध्यक्ष चुमान बताउनुहुन्छ । अध्यक्ष चुमानले भन्नुभयो, ‘‘दिवा खाजाले विद्यार्थीलाई पूरै अवधि विद्यालयमा रहने वातावरण सिर्जना गर्नुका साथै बजारमा पाईने तयारी अवस्थाका जङ्क फुड र अखाद्य वस्तु प्रयोगमा कमी ल्याउन विश्वास गरेका छौं ।’’

सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएपछि कटौती गरेको छ । बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको भएपनि तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले कटौती गरेको थियो । सङघीय सरकारले कक्षा ५ सम्मलाई मात्र उपलब्ध गराउने निर्णय गरेकोमा आन्तरिक श्रोतबाट खर्च व्यहोर्ने गरी कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार गाउँपालिकाले सञ्चालन गरेको सामुदायि विद्यालय सुधार अभियान अन्त्गत दिवा खाजको व्यवस्था गरिएको छ । अभियान अन्र्तगत आँबुखैरेनीका जनप्रतिनिधीका सन्तानहरु सामुदायिक विद्यालयमा भर्ना गर्ने, अपायक विद्यार्थीलाई विद्यालय आवाज जावतको निशुल्क यातायातको व्यवस्था लगायतको कार्यक्रमहरु भईराखेका छन् ।

Show More

Related Articles

Back to top button