रामयण भवनकाे संरक्षण

दमौली खबर संवाददाता

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग बिहीन बने बन्नु भनेको माल पाएर चाल नपाउनु जस्तो हो । रामयाण भवन अलपत्र परेपनि संरक्षणको लागि ध्यान नपुग्नु विडम्बना हो । तीन वर्ष  अघि निर्माण पुरा भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको छ । करीव पौने तीन करोड लागतमा निर्माण गरिएको भवन प्रयोगमा नआउँदा ताला लगाएर राख्नुपर्दा संरचना कमजोर बन्दै जानु दुःखको कुरा हो । झालढोकामा राखिएका शिसा फुट्न थालेका छन्, काठलाई धामिराले खानु भनेको भानु प्रतिको नै अपमान हो । पछिल्ला समयमा भवनका समान चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र गफिनेस्थल जस्तै बन्दै गएकोले बेलैमा संरक्षण गर्नु पर्ने देखिएको छ । भानुको घर पनि संरक्षण हुन नसकेकोले जलेर नष्ट भएको बेलो । रामायण भवन पनि संरक्षण नहुनु थप दुःखको कुरा हो ।

Show More

Related Articles

Check Also
Close
Back to top button