दमौली अस्पतालको स्तरोन्नतीको लागि मद्धत गरौं

दुई दशक अघि तनहुँको सदरमुकाम दमौलीमा स्थापना भएको दमौली अस्पतालले जति काँचुली फेर्नु पर्ने हो त्यो फेर्न सकेको छैन । तनहुँमा राष्ट्रिय राजनीतिमा पहुँच पुगेका नेता धेरै भए पनि सरकार यस अस्पतालको क्षमता विस्तार हुन नसक्नु दुर्भाग्य । जिल्ला स्तरको यस अस्पताले विशेषज्ञ सहितको स्वास्थसेवा तत्काल सुरु गर्नुपर्ने देखिन्छ । सदरमुकाममा भएको एउटा मात्र सरकारी अस्पातलको अवस्था देख्दा हामी सबैलाई यहाँको विकासको बारेमा तनहुँका नेतागणहरु कति चिन्तनशील हुनुहुन्छ भन्नेकुरा सबैका अगाडि छर्लङ्ग भएको छ । चिन्तनशिल भएको भए समस्याको समाधान भईसक्ने थियो । लामो समय सम्मको प्रयाश पछि तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पताललाई जग्गा प्राप्त भएपछि यतिबेला खुसीको सञ्चार भएको छ । अस्पताल विकास समितिले धेरै पहिला देखि नै जग्गा प्राप्तीको लागि पहल कदमी गरिरहेको भएपनि भोगचलनको लागि  स्विकृत पाउनुले उत्साह जागेको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले  अस्पतालको स्तरउन्नतीको लागि जग्गा प्राप्ती प्रयोजनार्थ कृषि ज्ञान केन्द्र तनहुँको नाउँमा जग्गा भएको जग्गा दुई रोपनी र भेटेनिरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको साँझ सिमाना मिल्नेगरी २ रोपनी गरी तीन रोपनी आठ आना जग्गा भोगचलनको प्राप्त छ । क्षमता विस्तारको रुपमा प्रमुख बाधक बनको जग्गा अभावलाई सम्बोधन गर्न ठुुलो महत्व राख्दछ । यस कार्यको लागि दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले लगायत अस्पताल परिवार धन्यवादका पात्र बन्नु भएको छ ।  १५ बेड क्षमताको अस्पताललाई स्तरउन्नती गरी ५० बेड सञ्चालन गर्न जग्गा प्राप्ती भएपछि सहज हुने देखिन्छ ।  जग्गा अभावले गर्दा क्षमता विस्तार हुन नसक्दा दरबबन्दी समेत थप नभएकोले सेवा प्रवाह गर्न समस्या परेको घाम झैं छर्लङ छ । सेवा विस्तार गर्न जग्गा नभएकोले नयाँ भवन बनाउन सकिएको थिएन । विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । जसोतसो आन्तरिक व्यवस्थापनबाट  अस्पताललाई अहिले ४२ शैयाको बनाएपनि खास क्षमता अझै पनि १५ नै रहेकोले क्षमता विस्तारको लागि सबैले आ–आफ्नो ठाउँबाट मद्धत पु¥याउनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button