रोट¥याक्ट क्लव अफ तनहुँको २० औँ पदस्थापन सम्पन्न

दमौली खबर संवाददाता
दमौली, भदौ ५ ।
रोट¥याक्ट क्लव अफ तनहुँको २० औँ पदस्थापन कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ ।
 उक्त पदस्थापन कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख एवं क्लवका पूर्व अध्यक्ष बैकुण्ठ न्यौपानेल अपाङ्गता भएका व्यास १० देउरालीकी देउरुपा सापकोटा र व्यास ८ का झलक विकलाई ह्विलचियर हस्तान्तरण गरि उद्घाटन गर्नुभयो । त्यस  अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले रोट¥याक्टमा आवद्ध सदस्यहरुले आफ्नो थोरै खर्च कटाएर गरिब दिनदुखी र असाहायहरुलाई सहयोग गरी उदाहरणीय कार्य गरोकोमा खुशी व्यक्त गर्नुभयो ।
 कार्यक्रममा व्यास नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले  रोट¥याक्ट संग सहकार्य गरी नगरपालिका अगाडी बढ्न तयार रहेको बताउनुभयो । कार्यक्रममा पूर्व अध्यक्षहरु रामलाल श्रेष्ठ, दामोदर भण्डारी, सुशान्त अधिकारी, शिखरलाल डोटेल लगायतले सामाजिक क्षेत्रमा रोट¥याक्टले सहयोग गर्नुपर्ने बताउदै समाज परिवर्तनमा युवालाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा वसन्त आधारभूत विद्यालयमा अध्ययनरत लिलबहादुर आले, मिना थापा मगर, इन्दु माध्यमिक विद्यालयमा अध्ययनरत , सुष्मा काफ्ले र मनिसा गुरुङ तथा सरस्वती सदन माध्यमिक विद्यालयका सोनिया रम्तेल र किरण विकलाई स्टेशनरी पोशाक सहित नगद एक हजार पाँच सयका दरले सहयोग गरिएको सचिव किरण श्रेष्ठले बताउनुभयो ।
     रोट¥याक्ट क्लब अफ दमौलीको अध्यक्षमा विशाल श्रेष्ठ चयन भएका छन् । क्लबको रोटा वर्ष २०२२÷२३ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । जुलाई १ बाट नयाँ कार्यकाल सुरु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यस्तै क्लबको उपाध्यक्षमा श्रीराम गन्धर्व, विशाल खत्री, धिरज श्रेष्ठ चयनमा छन् । क्लबको सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा सुनिता आचार्य, सहसचिवमा विष्णु गिरी, सहकोषाध्यक्षमा गोविन्द तिमिल्सिना चयन भएका छन् । त्यसैगरी क्लब एड्मिनिष्टेसन चियरमा सन्जिता भट्टराई, पब्लिक इमेज चियरमा सुशासन अधिकारी, सर्भिस प्रोजेक्ट चियरमा सुगत हड्खले, ईन्टरनेश्नल रिलेशनसिप चियरमा विपिन गौली, प्रोफेश्नल डिभेलोप्मेन्ट चियरमा सुमन राज ओझा, द रोटरी फाउन्डेसन चियरमा ममता श्रेष्ठ र क्लब एड्भाइजरमा पुर्वअध्यक्ष टिकाराम पनेरु चयन हुनु भएको हो ।
                       यस्तै सर्जान्ट एट आम्समा आशिका दुलाल, इन्ट¥याक्ट कोर्डिनेटरमा विवेक भट्टराई, स्पेसल एरिया प्रोजेक्ट कोर्डिनेटरमा विश्व प्रकाश भुसाल, एडिटरमा उमेश पौडेल, आइटी अफिसरमा सुजन गिरि, मिडिया कोर्डिनेटरमा रवि अधिकारी, फेलोसिप चियरमा विदेश श्रेष्ठ र फन्ड राइजिङ चियरमा याम बतास चयन भएका छन् । रोटा वर्ष २०२३–२४ को अध्यक्षमा अनुज बिमली छनौट भएका छन् । क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button