घर फर्किएको भोलि पल्ट संक्रमितको मुत्यु

कोरोना संक्रमणका कारण तनहुँमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।विहिबार कोरोनाबाट भीमाद नगरपालिका वडा नं ९ का ६६ बर्षिय वृद्धको मृत्यु भएको वडाध्यक्ष इमान बहादुर थापाले पुष्टि गरेका छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचार गरेर बुधबार मात्र घर आएका ती वृद्धको विहिबार विहान घरमै मृत्यु भएको वडाध्यक्ष थापाले बताए ।शव व्यवस्थापनका विषयमा छलफल भइरहेको उनको भनाई छ । निमोनिया र उच्च रक्तचापबाट समेत पिडित ती वृद्धलाई १५ दिनअघि उपचार गर्नुपुर्व गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर अस्पतालमै उपचारको क्रममा गरिएको अर्काे परीक्षणमा भने कोरोना संक्रमण देखिएको बताइएको छ । कोरोनाबाट हालसम्म व्यास नगरपालिकामा ५ ,भीमादमा ३ ,शुक्लागण्डकी र आबुखैरेनी गाउँपालिकामा २र२ र म्याग्दे गाउपालिकामा एक जनाको मृत्यु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button