निर्वाचन कार्यालयद्धारा दमौलीमा पत्रकारलाई अभिमुखीकरण

दमौली खबर संवाददता
दमौली, कात्तिक २० ।
जिल्ला निर्वाचन कार्यालय तनहुँले तनहुँका संचारकर्मीका लागि निर्वाचनमा संचार माध्यमको भूमिका विषयक अभिमुखीकरण गरेको छ ।
 कार्यक्रममा निर्वाचन स्वतन्त्र,  निष्पक्ष,भयरहित तरिकाले सम्पन्न  गर्न  पत्रकारको       भूमिका  महìवपूर्ण  हुने  प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले  बताउनुभयो    सो अभिमुखीकरण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । सोही कार्यपत्र उपर अभिमुखीकरण कार्यक्रममा सहभागी संचारकर्मीहरुले बृहत रुपमा छलफल गरेका थिए । निर्वाचनमा मिडिया र पत्रकारको भूमिका, निर्वाचन सम्बन्धी रिपोर्टिङ, लोकतन्त्रको आधार स्वतन्त्र प्रेस, निर्वाचनको बेला मिडियाको समाचारको जोखिम, मिडिया र पत्रकारले बिर्सन नहुने विषय, समाचारको भाषाशैली जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
जिल्ला निर्वाचन अधिकारी ढकालले मंसिर ४ गतेको निर्वाचनका लागि तनहुँ जिल्लाभित्र १ सय ४२ वटा मतदान स्थल रहेको र ति स्थलमा पर्ने ३ सय ५ वटा मतदान केन्द्र मार्फत मतदाताहरुले मतदान गर्ने जानकारी कार्यक्रममा दिईएको थियो । जिल्लाभित्रका २ लाख ४८ हजार ४ सय ९५ जना मतदाताले उक्त दिन मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button