देउसी भैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । तनहँुमा तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ । कोरोना भाइरसलाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न जिल्ला प्रशासन कार्यालय तनहँुले मनाही गरेको हो ।निर्देशन जारी गर्दै देउसी भैलो नखेल्न भनेको हो । प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको भन्दै तिहारका अवसरमा खेलिने देउसी भैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक कमा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ । कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी सागर आर्चायले जानकारी दिए ।

उनले भने, ‘समुदायमा समेत कोरोना फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न रोक गरिएको हो । स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको छ । त्यस्तै तनहुँ प्रहरीले पनि चाडपर्व लक्षित गरि सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । दीपावलीको समयमा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button