दमौली अस्पताललाई चुस्त र दुरुस्त राख्न तथा जनताको भरोसा कायम राख्ने काम गर्न प्रजिअ रिजालद्धारा निर्देशन

दमौली खबर संवाददाता

दमौली, असोज १८

तनहुँका प्रमुख जिल्ला छविलाल रिजालले मंगलबार दमौली अस्पतालको अनुगमन गर्नु भएको छ । त्यस क्रममा प्रजिअ रिजालले दमौली अस्पतालको आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरुस्त राख्न कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभयो । रिजालले भन्नुभयो,– अस्पतालले जे जति सेवा र सुविधा दिन सक्छ आम जनताको मन छुने गरी चित्त बुझ्ने गरी औषधी उपचार गर्नुपर्दछ ।’ साथै उहाँले भन्नुभयो,–म हरेक दिन यस अस्पतालको अनुगमन गर्नेछु , अस्पतालले जनता माथि खेलवाड हैन सेवा गर्नुपर्दछ ।’ अस्पतालले आन्तरिक व्यवस्थापनको सुधार, डिपिआर तयार गरेर अस्पतालको स्तरोउन्नती गर्ने तर्फ पहल गरिने समेत प्रजिअ रिजालले जोड दिनुभयो । अहिले व्यास नगरपालिका आसपासका डेंगु संक्रमणले महामारीकै रुप लिन थालेपछि प्रजिअ रिजालले दमौली अस्पतालका अध्यक्ष देवेन्द्र थापा, अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई उत्त निर्देशन दिनु भएको हो । रिजालले दमौली अस्पताललाई आम जिल्लावासीको भरोसाको अस्पताल बनाउनु पर्नेमा जोड दिनुभयो ।

Show More

Related Articles

Back to top button