अस्पताललाई निरन्तर सहयोग गरिरहने नगर प्रमुख न्यौपानेको भनाई

दमौली खबर संवाददाता

दमौली, असोज १५

व्यास नगरपालिकाका प्रमुखदमौली, असोज १५ वैकुण्ठ न्यौपानेले दमौली अस्पतालको आन्तरिक व्यवस्थापनको लागि नगरपालिकाले विगतका वर्ष देखि नै अस्पताललाई सहयोग गर्दै आएको बताएका छन् । विगतका वर्षमा अस्पतालको व्यवस्थापनको लागि १५ ÷१५ लाख प्रदान गरेको र यस वर्ष अस्पतालको भौतिक सुधारको लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । मंगलबार दमौली अस्पतालमा कोभिडको बेला ल्याईएको बेडहरु अस्प्तालको पुरानो भवनका कोठाहरुमा व्यवस्थापन गर्ने कार्यक्रमलाई निर्देशन दिँदै थप गरिएका सात वटा वेडबाट बिरामीहरुले केही राहत अनुभव गर्ने बताउनुभयो । नगरपालिका आम जनताको स्वास्थ्य प्रति गंभिर भएको चर्चा गर्दै डेंगी संक्रमण कम गर्नको लागि लामखुट्टे खोज र नष्ट गर भन्ने अभियान सुरु गर्नुका साथै सरसफाईमा समेत ध्यान दिन आम नगरवासीहरुलाई आग्रह गर्नुभयो । रोगले धनी, गरीव, ठुलो सानो केही नभन्ने चर्चा गर्दै नगर प्रमुख न्यौपानेले दमौली अस्पतालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन्छ भन्ने विश्वास आम जनतामा दिनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा दमौली अस्पतालका अध्यक्ष देवेन्द्र थापाले अस्पतालले विगतका दिनको तुलनामा प्रदान गर्ने सेवा र सुविधाहरु चुस्त र दुरुस्त बनाउँदै लगिएको बताउँदै थप गरिएका बेडले विरामीहरुको उपचारमा सहजकता हुने बताउनुभयो ।

Show More

Related Articles

Check Also
Close
Back to top button