जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँ गण्डकी प्रदेश प्रथम

 

दमौली खबर संवाददाता

तनहुँ, असोज १८  गते

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ गण्डकी प्रदेशमा प्रथम हुन सफल भएको छ । विभिन्न जनस्वास्थ्य सेवाको सूचकको आधारमा केन्द्र प्रथम भई पुरस्कार हात पारेको छ ।

आर्थिक बर्ष २०७९÷८० को प्रदेश स्तरीय बार्षिक समिक्षामा विभिन्न जनस्वास्थ्य सेवाको सूचकको आधारमा तयार गरिएका सेवा मापदण्ड मुल्याङकनमा गण्डकी प्रदेशका ११ जिल्ला मध्येमा उत्कृष्ट कार्य गर्दै प्रथम हुन सफल भएको हो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले जिल्ला आयूवेर्द स्वास्थ्य केन्द्र तनहुँका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईलाई पोखरामा पुरस्कार प्रदान गर्नु भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँले अकुपंचर उपचार पद्धति, थेरापी, पायल्स् तथा फिस्टुलाको उपचारमा उल्लेखनीय कार्यहरु गरेको थियो । अस्पतालले विहान १० बजे देखि दिउँसो दुइ बजे सम्म मात्रै विरामी जाच्ने तथा उपचार सेवा प्रदान गर्दै आएकोमा हाल एक घण्टा गरी दिउँसो तीन बजे सम्म सेवा जाँच गरिएको छ । हाल डेंगु तथा भाईरल ज्वरोका विरामी बढेकाले सेवा थप गरिएको वरिष्ठ कविराज निरीक्षक चापागाईले बताउनुभयो । केन्द्र आफ्नो वयब साईडबाट सेवा तथा सुविधाको बारेमा जानकारी दिने, पारदर्शी ढंगबाट खर्च गर्ने जस्ता कारणले पहिलो हुन सफल भएको हो ।

 

Show More

Related Articles

Check Also
Close
Back to top button