डेंगु नियन्त्रण गर्न प्रभावकारी कदम पहल कदम चालौं

दमौली खबर संवाददाता

गण्डकी प्रदेशमा सबैभन्दा बढी तनहुँ जिल्ला डेंगु रोगको मारमा परेको छ । डेंगुबाट चार जनाले ज्यान गुमाइसकेको अवस्था छ ।। जिल्ला उच्च जोखिममा परेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले नियन्त्रण तथा रोकथामको लागि पहल कदमी गरेको छ । प्रशासनले पहकदमी गरिरहेको छ । प्रशासनले सर्वपक्षिय वैठक गरेको छ भने जनचेतना मुलक कार्यक्रमको लागि पनि सहजिकरण गरिहेको छ । प्रशासनको वैठकमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, सञ्चारकर्मी, उद्योगी व्यवसायीहरुको सहभागि गराई ध्यानाकर्षण गरेको छ । कार्यक्रममा सहभागीले आफ्नो ठाउँबाट नियन्त्रण तथा रोकथामको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यस्ता कार्यक्रमले गंभिर बनाउन टेवा पुग्दछ । प्रशासन, स्वास्थ्य कार्यालय तनहुँ, व्यास नगरपालिका, दमौली अस्पतालले जनचेतनाको कार्यक्रमलाई बढाउने, लामखुट्टेको बास स्थानलाई खोज र नष्ट गर्ने अभियानलाई तिब्रता दिने, उपचारलाई थप सुदृढीकरण गर्ने जस्ता भईराखेको छ । तनहुँमा किन यो लामखुट्टे फैलियो त्यसको कारण पत्ता लगाई आगामी नियन्त्रणको लागि रणनीति बनाउनु पर्दछ । डेङ्गु भएमा एक्कासी ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य काम कुरामा रुची नलाग्ने लगायतका लक्ष्यण देखिन सक्छ । यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जानु पर्दछ नत्र हेलचेक्राई गरे ज्यानै जान सक्छ । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएकोले यसमा ध्यान दिनु पर्दछ ।

 

Show More

Related Articles

Back to top button