छाब्दी वाराही सहकारी नमुना सहकारी बन्दै

दमौली खबर संवाददाता

दमौली, असोज १५

व्यास नगरपालिका–१ भादगाउँ स्थित छाब्दी बाराही बचत तथा ऋण सहकारी नमुना सहकारी बन्न सफल भएको छ । नयाँ व्यवस्थापनले कुशलतापूर्वक हाँकी संकटमा परेको सहकारीलाई नमुना बनाउन सफल भएको हो । यो सहकारी नमुना बन्न सफल भएको प्रगति प्रतिवेदनबाट देखिएको छ । संस्थाको १५ औं बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा संकटमा परेकोले भएको देखिएको छ ।

साधारण सभाको उदघाटन गर्दै व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले धरासायी बनेको यस सहकारीलाई माथि उकास्न अहिलेको संचालक समितिले महत्वपूर्ण भूमिका खेलेको भन्दै खुसी व्यक्त गर्नु भयो ।

संस्थाका उपाध्यक्ष जनक काफ्लेले गतबर्ष रु.२९ लाख घाटा भएको यस संस्थाले घाटा पूर्ति गरी नाफा कमाउन सफल भएको जानकारी दिनुभयो । संस्थाको कूल नाफाको ४५ प्रतिशत मुनाफाको प्रतिफल बचतकर्ता र ऋणी दुवैले पाउने व्यवस्था गरेको जानकारी दिनुभयो । अहिलेका समितिमा रहेका पदाधिकारीहरुले संस्थालाई नाफामा लगेका छन । शुरुमा निकै अगाडि बढेको सो सहकारी बिचमा केही लर्बराएपनि अहिले गति लिएको छ । १ हजार ३ सय भन्दाबढी शेयर सदस्य रहेको उक्त सहकारीको शेयर पुँजी ६ करोड १७ लाख ५ हजार रुपैयाँ रहेको छ । उक्त सहकारीले ८७ लाख ७९ हजार १ सय ७५ रुपैयाँ खुद नाफा गरेको छ । उक्त सहकारीले शेयर लाभांश कोष मार्फत ३९ लाख २४ हजार २ सय ९१ रुपैयाँ शेयर सदस्यहरुलाई बोनसका रुपमा वितरण गर्ने तयारी गरिरहेको छ । छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लावण्यप्रसाद पण्डितको सभापतित्वमा भएको कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठ, सहकारीका सल्लाहकार विश्व वास्तोला, केशबहादुर सुनार, पूर्व अध्यक्ष तिलकबहादुर चौहान, राष्ट्रिय सहकारी बैंककी सहायक प्रबन्धक संगिता भट्टराई, शेयर सदस्य खेमराज शर्मा, सचिव बसन्त

Show More

Related Articles

Check Also
Close
Back to top button