शिव माविको नमुना काम

दमौली खबर संवाददाता

नेपाली धेरै युवाहरु विदेश जान बाध्य भएका छन् । विदेश जाने युवाहरु मध्ये अधिकांश स्वदेशमा पढाईमा खर्च गरेर पनि रोजगारी नपाएकोले गर्दा बाध्य भएका हुन् । दैनिक झण्डै दुई हजार युवा विदेश जाने गरेका छन् । ५० लाख भन्दा बढी नेपाली विदेश गएको अनुमान गरिएको छ । नेपालमा विद्यालय र कलेज धेरै भएपनि त्यहाँ पढेर पनि रोजगारी नपाउने गरेकाले वेरोजगार उत्पादन गर्ने सस्था जस्तो भएका छन् । रोजगार त पाएका छन् तर अत्यन्त कमले मात्रै पाएका छन् । औंलामा गन्न सकिनेले रोजगार पाएपनि कपालको रौंहरु जस्तो धेरै सख्यमा बिदेशिनु पर्ने बाध्य छन् । आफू जन्मिएको भूमी र आमा स्वर्गभन्दा पनि प्यारो हुन्छ । यस्तो भूमि छोडेर बिरानो देशमा जाने रहर कसैलाई पनि हुँदैन । नेपाल बेरोजगारी अन्त्य गर्न मद्धत पुग्ने खालको शिक्षा दिनु आवश्यक छ । त्यसको लागि सरकारले विशेष योजना बनाउनुपर्छ काठमाडौं महानगरपालिकाले हरेक शुक्रबार विद्यालय विद्यार्थी, कापी,कलम भएको झोला भिरेर जानु नपर्ने बनाएको छ । यस क्रममा तनहुँको तनहुँको व्यास नगरपालिका–१० स्थित शिव माध्यामिक विद्यालयले हरेक शुक्रबार विना किताब विद्यालय आउने व्यवस्था गरेको छ । विगतको परम्परागत पढाइभन्दा ‘बुक फ्रि डे फ्राइडे’ अर्थात् शुक्रबार सीप सिक्न विद्यार्थीलाई यो व्यवस्था गरिएको छ यो नमुना काम हो ।

विद्यालयले यही शुक्रबार एक कार्यक्रम गरी ‘बुक फ्रि डे फ्राइडे’ कार्यक्रमको सुरु गरेको छ । सीपको संरक्षण र हस्तान्तरण गर्न बुक फ्रि डे ले मद्धत पुग्ने विश्वास लिईएको छ । विद्यार्थीलाई पाठ्क्रमले तोके अनुसारको भार पुरा गर्न अतिरिक्त समयमा पनि पठन पाठन गरेर पुरा गर्नु पर्ने देखिएको छ त्यस प्रति विद्यालय गंभिर हुन आवश्यक छ । सो विद्यालयले विद्यार्थीलाई कृषि सम्बन्धि ज्ञान दिनको लागि विद्यालय परिशरमै खेती भईरहेको यो पनि राम्रो काम हो । यस्ता रचनात्म काम गर्न विद्यालयले ध्यान दिनु पर्दछ ।

 

Show More

Related Articles

Check Also
Close
  • All
    गीत
Back to top button