अरिङ्गालले टोक्दा चिलेर भानुमा एकको मृत्यु एक घाईते

दमौली खबर संवाददाता

तनहुँ, कात्तिक ३१ गते

तनहुँको भानु नगरपालिकामा अरिङ्गाले टोक्दा एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

वडा नम्बर– ७ रम्गाटार स्थित जङ्गलमा आईतबार राती ११ः५५ अरिङगाल पोल्ने क्रममा घाईते हुनु भएका भानु नगरपालिका– ४ फलाखेत बस्ने बर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने बर्ष २४ को धनबहादुर तामाङ गंभिर घाईते हुनु भएको छ ।

निजहरु दुबै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाईते मध्ये राजकुमारको सोमबार बिहान४ः२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । घाईते धनबहादुरको सोही अस्पतालमा उपचार भईरहेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button