आदिकविमा भानुभक्त अभिभावक प्राध्यापक संघ गठन

दमौली खबर संवाददाता
दमौली, असोज २९ ।
दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको अभिभावक प्राध्यापक सङ्घको गठन शनिबार दिउँसो सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त भेलामा क्याम्पसमा अध्यापनरत प्राध्यापक र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरुको उपस्थिति रहेको थियो । भेलाको उद्घाटन गर्दै अध्यक्ष बुद्धिमान श्रेष्ठले क्याम्पसलाई यस क्षेत्रको शैक्षिक केन्द्रको रुपमा विकास र विस्तार गर्न अभिभावकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको थियो  । भेलाले व्यास –१२ निवासी लक्ष्मीकान्त मिश्रको संयोजकत्वमा सङ्घको कार्यसमितिको गठन गरेको छ । कार्यसमितिको सदस्यहरुमा अभिभावकका तर्फबाट सदस्यहरुमा विष्णु प्रसाद श्रेष्ठ हरिश्चन्द्र अधिकारी, बिन्दु ध्वज , आइसा खातुन, सिता आले र प्राध्यापकहरूको तर्फबाट सदस्यमा वीर बहादुर गुरुङ, चरित्र कार्की र विजयराज खनाललाई सर्वसम्मत निर्वाचित हुनुभएको।
      उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्य एवं निवर्तमान अभिभावक प्राध्यपक संघ संयोजक सिर्जना तिवारीले स्वागत मन्तव्य र क्याम्पस सञ्चालक समितिका सदस्य सुशीला शर्माले धन्यवाद मन्तव्य दिनुभएको थियो । सो अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हइखलेले अभिभावक प्राध्यापक सङ्घ गठनको औचित्य र संघको काम कर्तव्य सम्बन्धमा बोल्नु भएको थियो । उक्त उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्यहरु खरसिंह दरै, चिज बहादुर दरै र विष्णु बहादुर बस्नेत समेतको उपस्थिति रहेको थियो ।
 सहायक क्याम्पस प्रमुख डा रामकुमार अधिकारीको संयोजकत्वमा सहायक क्याम्पस प्रमुख सागर पौडेल, नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घ क्याम्पस इकाइका अध्यक्ष विजयराज खनाल, कक्षा ११÷१२ का संयोजक चिरञ्जीवी बस्नेत र पुस्तकालय सहायक दल बहादुर दरै सदस्य रहेको निर्वाचन प्रबन्ध समितिले सङ्घको कार्यसमिति निर्वाचन सम्पन्न गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button