म्याग्देले गाउँपालिकाको अनुकरणीय काम

तनहुँका विभिन्न पालिका मध्य यतिबेला माग्दे गाउँपालिका चर्चामा आउन थालेको छ । जनतालाई घुम्ति शिविर मार्फत घरदैलोमै पालिकाको विभिन्न सेवा पु¥याएकोले यो पालिकाका चर्चामा छ । यो चर्चा सेलाउन नपाउँदै पुन म्याग्देले दोश्रो चरणको एकीकृत घुम्ति शिविर पनि संचालन गर्ने भएको छ । असोज ३० गते देखि कार्तिक ४ गते सम्म हुने घुम्ति शिविर पालिकाका ५, ६ र ७ नं वडामा संचालन हुने बताईएको  छ । यस कार्यले पनि म्याग्देले थप प्रशंनीय कार्य गरेको छ । घुम्ति शिविरमा वहिरङ्ग सेवा अन्र्तगत विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण हुनेछ । प्रयोगशाला सेवा अन्र्तगत रगतमा ग्लुकोजको परिक्षण, खकार परिक्षणका लागी नमुना संकलन, औलोरोगको परिक्षण हुने भएका सम्बन्धित विरामीलाई लाभ लिन सहज हुने देखिएको छ ।
       यसैगरि महिला स्वास्थ्य सेवा अन्र्तगत महिलाहरुको पाठेघर परिक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवंम परामर्श सेवा हुनेछ । परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य विमा सेवा घुम्ति शिविरवाट उपलव्ध हुनेछ ।
       महिला तथा वालवालिका शाखा अन्र्तगत ः ज्येष्ठ नागरिक एवं अपाङ्ग परिचय पत्र वितरण हुनेछ । कृषि शाखा अन्र्तगत विउविजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्र्तगत गोवर परिक्षण र नतिजाको आधारमा पशु पंक्षिलाई औषधी वितरण, वाख्रा, पाठा एवं वहर वन्ध्याकरण एवं विरामी पशुको उपचार व्यवस्थापन, योजना शाखा अन्र्तगत उपभोक्ता सँग योजना संम्झौता हुने भएकोले धेरै जना लाभान्वित हुने देखिएको छ । त्यस्तै पञ्जिकरण शाखा अन्र्तगत जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता हुनेछ । प्रशासन शाखा अन्र्तगत व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन, विभिन्न सिफारिश हुने बताईएको छ । यो कुरा स्थानीय वासिन्दाको लागि खुसीको कुरा  हो ।     असोज २ गते देखि असोज १० गते सम्म भएको पहिलो चरणको घुम्ति शिविर वडा नं १ देखि ४ नं वडाका विभिन्न स्थानमा संचालन गरिएको थियो । सबै ठाउँमा सेवा पु¥याउन यस्ता शिविरको महत्व हुन्छ अन्य पालिकाले पनि सिको गर्नु आवश्यक देखिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button