निकालिएका शिक्षकलाई बोलाइएन

शर्मिला घले १० वर्षदेखि आँबुखैरेनीको रामशाह मावीमा निजी स्रोतमा अध्यापनरत थिईन् । कोरोनाको संक्रमण फैलिएर विद्यालयको पठनपाठन बन्द भएपछि उनलाई विद्यालयले चैत महिनाको तलब दियो । बैशाख र जेठमा आधा मात्रै दिईयो उनलाई । त्यसपछि जबरजस्त अवकाश पत्र थमाएर उनलाई विद्यालयले निकाल्यो ।

उनीसंगै विद्यालयमा निजी स्रोतका २४ जना निकालिएका थिए । आर्थिक अवस्था नाजुक भएको र तलब खुवाउन नसक्ने भन्दै विद्यालयले आवश्यक परे फेरी बोलाउने भन्दै अवकाश पत्र थमाएको थियो । यतिबेला विद्यालय पुनः सञ्चालनमा आएपनि विद्यालयले आफुहरुलाई नबोलाएको घलेले बताईन् ।उनले अगाडी भनिन्, ‘विद्यालयको शैक्षिक उन्नयनमा लामो समयदेखि खटेका हामीलाई बदनियतपूर्वक हटाइएको छ । अब हामी कहाँ जाने ?’

झण्डै डेढ दर्जन शिक्षकहरूले अन्याय भएको भन्दै न्यायको माग गर्दै संयुक्त हस्ताक्षरको निवेदन गएको असार १४ मा आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा दिएका थिए । गाउँपालिकाको शिक्षा समिति, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दमौली समेतलाई बोधार्थ पठाए । आर्थिक शोषण समेत भएको भन्दै न्यायको याचना गर्दै दिएको निवेदनउपर कतैबाट सुनुवाई नभएपछि पिडित शिक्षकहरु निराश भएका छन् ।

हटाइएका शिक्षकको पुनर्वहालीको माग गर्दै अभिभावक, भूतपूर्व विद्यार्थी मञ्च र स्थानीय बुद्धिजीवी मंसिर ३० मा विद्यालय पुगेका थिए । उनीहरूले निष्काशित शिक्षकलाई विना सर्त पुनर्वहाली गर्नुपर्ने माग राखेका थिए । तैपनि पुरा भएको छैन् ।

जुन शिक्षकले राम्रो पढाउछन् उनीहरुलाई नै विद्यालयबाट निष्काशन गरिएकोमा अभिभावक पनि आक्रोशित छन् । विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीले आफूलाई पढाउने पुरानो शिक्षकलाई नदेखेपछि जिज्ञासा राख्दा मात्र ती शिक्षकलाई विद्यालयले निष्काशन गरेको थाहा भएको एक अभिभावक बताउँछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर केसी हाल विद्यालय खुले पनि व्यवस्थापनको तयारी पुरा नभएकाले निकालिएका शिक्षकहरुलाई नबोलाएको बताउछन् । उनले भने, ‘विद्यालय नचलेको हुनाले उहाँहरुलाई नबोलाईएको हो । अहिले विद्यालय खोलेपछि बोलाउन थालेका छौं ।’

केसीले अगाडी भने ,‘केही शिक्षकहरु आईसक्नु भएको छ । केही दिन पछि अन्य शिक्षकहरु पनि आउनु हुनेछ ।’ शिक्षकहरुलाई जागिरबाट ननिकालीएको दाबी उनको छ । उनी भन्छन्,‘जागिरबाट निकालीएको भन्नु गलत छ । आवश्यक परेको बेला बोलाउने भनिएको थियो । अहिले बोलाउन थालेका छौँ ।’

कोरोनाका कारण बन्दा विद्यालय सञ्चालनमा आएपनि पनि निकालिएकालाई बोलाईएको छैन । तर प्रधानध्यापक र विद्यायल व्यवस्थापन समिति अध्यक्षका निकटका शिक्षकहरूलाई मात्र पुनः अध्यापनका लागि बोलाइएको एक स्थानियले जानकारी दिए । पुनः नियुक्ती पाउन निजी स्रोतका शिक्षकले दिएको निवेदनमा विद्यालयले असहमती जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button