राजनीतिज्ञ जोशी समुहले आज निर्वाचन समिक्षा कार्यक्रम गर्दै

दमौली खबर संवाददाता
दमौली, मंसिर १५ । राजनीतिज्ञ गोविन्दराज जोशी समुहले आज दमौलीमा भेला गर्ने भएको छ । प्रतिनिधी सभा निर्वाचनको समिक्षा कार्यक्रमको लागि भेला आयोजना गरेको हो ।
प्रतिनिधी सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनु भएका जोशीले पराजित भएपछि यसको कारण र भविश्यमा कसरी अगाडी बढ्ने सन्र्दभमा छलफल गरिने बताईएको छ । कार्यक्रम विहान १०ः ३० बजे चुनावी सम्पर्क कार्यालय बालमन्दिर लाईन दमौलीमा सुरु हुने जोशीको सचिवालयले जनाएको छ । नेता जोशीले यही मंसिर १२ गते पत्रकार सम्मेलन गरी कार्यकर्तालाई बिचलित नहुन आग्रह गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button