महोत्सवको सातौं दिन नविन, ज्योति र शंकरले नचाए दर्शक आज पशुपति शर्माले दर्शक नचाउने

दमौली खबर संवाददाता

तनहुँ । तनहुँको दमौलीमा पौष २२ शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा बिहीबार चर्चित गायक नविन पौडेल, गायिका ज्योति लोहनी र गायक शंकर पन्तले दर्शक नचाएका छन् । महोत्सवको आठौं दिन भोली शुक्रबार गायक पशुपति शर्मा, गायक किरण भुजेल, गायिका मन्जु विक लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुति रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिनुभयो ।

महोत्सवमा बिहिबार अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता समेत भएको थियो । पहिलो दिन ९ समुहको प्रस्तुति रहेको थियो । शुक्रबार पनि उक्त प्रतियोगिता हुने आयोजकले जनाएको छ । जसका लागी २० वटा समुह दर्ता भएका छन् ।

अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको सातौं दिन ८ हजार दर्शकले महोत्सव अवलोकन र ५ लाखको कारोबार भएको प्रवक्ता मगरले जानकारी दिनुभयाये ।

त्यस्तै महोत्सवको सातौं दिनसम्म कुल ७५ हजार दर्शकले महोत्सव अवलोकन र ५७ लाखको कारोबार भएको प्रवक्ता मगर बताउनुहुन्छ । गत शुक्रबारदेखि व्यास–३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव आगामी माघ ३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु. एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको महोत्सव मुल समारोह समितिका अध्यक्ष सुजित हिराचनले जानकारी दिनुभयो ।

महोत्सवमा शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिएको छ । त्यस्तै मादी र सेतीमा जलविहार, आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् । महोत्सव नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button