जिल्ला सभाहल अपाङ्गमैत्री बनाउन माग राख्दै आन्दोलन

दमौली खबर संवादादाता

तनहुँ, भदौ ३ गते ।

अपाङ भएका व्यक्तिहरुको पहुँच हुने गरी जिल्ला सभागृह निर्माणको माग राख्दै सरोकारवालाहरुको विरोध पर्दशन गरेका छन् ।

तनहुँको सदरमुका दमौलीमा निर्माणाधिन सभागृह अपाङ्गमैत्री नभएकोमा जिल्ला सभाको गेटमा अपाङ्गता भएका व्यक्तिहरुको सङ्घर्ष समिति तनहुँले शुक्रबार विरोध पर्दशन गरेका हुन् । उनिहरुले अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँच रहित जिल्ला सभागृहको माग राखेका छन् ।

उक्त भवन पुर्णरुपमा मानवमैत्री÷अपाङ्गता मैत्री बनाउने प्रक्रिया सुरु नभए भदौ १ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रने भन्ने पूर्व निर्धारित कार्यक्रम अनुसार विरोध पर्दशन गरिएको सङ्घर्ष समितिका संयोजक मदन पौडेलले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धमा ऐन २०७४ मा उल्लेख भए बमोजिमा अपाङ्गतामैत्री संरचना बनाउने पर्ने माग उनिहरुले राखेका हुन् । सो ऐन अनुसार सेवा प्रदायक निकायहरुबाट अपाङ्गता मैत्री भौतिक पूर्वाधार, सूचना तथा प्रविधियुक्त वातावरणमा सेवा प्राप्त गर्ने अधिकार भएपनि सो कार्यान्वयन नभएकोले विरोध गरिएको पौडेलले बताउनुभयो ।

करीव एक महिना अघि असार ७ सहृदयी मञ्च तनहुँ नेपालको समन्वयमा सङ्घीय सरकारको लगानीमा यहाँ निर्माण भइरहेको जिल्ला सभागृह हलको अवलोकन गरेको थियो । अवलोकनका क्रममा अपाङ्गमैत्री नभएको पाईएको थियो । अपाङ्गमैत्री बनाउने पर्ने माग राख्दै साउन १० गते जिल्ला समन्वय समिति तनहुका प्रमुख शान्तिरमण वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाइएको र सो पत्रको बोधार्थ सरोकारवाला विभिन्न निकायहरूमा पठाइएको थियो । साथै श्रावण २१ गते राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, सचिव कृष्ण प्रसाद अधिकारी लगायतका पदाधिकारी र जिल्लामा क्रियाशील अपाङ्गता भएका ब्यक्तिहरु सहितको एक प्राविधिक टोलीले उक्त भवनको पहुँचयुक्तता परिक्षण गरेको थियो । उक्त परिक्षणको क्रममा भवन नेपाल सरकार पक्षधर रहेको अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्वन्धी महासन्धी २००६, विभिन्न ऐन, नियमावली, निर्देशिका र आचारसंहिता अनुरुप मानवमैत्री र अपाङ्गता मैत्री नभएको पाइएकाले यसलाई सुधार गर्न आग्रह गरिएको थियो ।

महासङ्घले यहि श्रावण २८ गते नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ पोखरा समक्ष विभिन्न १४ बुँदे सुझावहरु पेश गरेको थियो ।‌ अपाङ्गता भएका व्यक्तिहरुलाई समाजबाट झनै एक्ल्याउने मनसायबाट यस्ता भवनहरुको निर्माण भएको र ध्यानाकर्षण पत्रमा उपलब्ध गराइएको थियो । भवन पूर्णरुपमा मानवमैत्री बनाउने प्रक्रिया सुरु नभएकोले आन्दोलनमा उत्रिनु परेको सङ्घर्ष समितिले जनाएको छ । उक्त सभाहल राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तयारी भईरहेको छ । अपाङ्गमैत्री नभएको सभाहलको राष्ट्रपति उद्घाटन गर्न नहुने बुद्धिजिवीहरु बताउँछन् । अपाङ्गमैत्री भएपछि उद्घाटन गर्दा राम्रो सन्देश जाने उनिहरुको भनाई छ ।

Show More

Related Articles

Back to top button