कुरुती तोड्दै दमौलीका महिलाहरुले बोके शव

दमौली खबर संवाददाता

दमौली, भदौ ३  गते

पुरुषले शव बोक्ने, दागवत्ती दिने पम्परालाई तनहुँको सदरमुकाम दमौलीका शाहसि महिलाहरुले तोडेका छन् ।

व्यास नगरपालिका– ५ चापाघाटमा महिलाहरूद्वारा सञ्चालित वेदव्यास जेष्ठ नागरिक आश्रममा आवद्ध महिलाहरुले शव बोकेर घाटमा पुगेर कुरीति तोडेका छन् । पुरानो रुढीवादी पराम्परालाई समेत चुनौति दिदै शव बोक्ने र दाहसंस्कार कार्यमा खटिदै यहाँका महिलाहरु आएका छन् । विगत १० बर्षदेखि सञ्चालन हुदै आएको छ । उक्त आश्रममा बस्दै आउनुएका ९२ बर्षिय टोलबहादुर थापाको निधन भएपछि महिलाहरूले शब बोकेर दमौली घाटसम्म पु¥याएका हुन् । जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ६ स्थायी घर भएका थापाको निधन भएको आश्रमकी कार्यबाहक अध्यक्ष सकुन्तला आलेले जानकारी दिनुभयो

पितृसत्तात्मक सोचको अन्त्य गर्न महिलाहरु जागरुक बनेर यस क्षेत्रमा लाग्दै आएको उहाँले बताउनुभयो । जिवित हुँदा पालनपोषण गरी मृत्यु पश्चात गरिने दाहसंस्कारमा छोराछोरी बराबरी हुन भन्ने समाजमा सकारात्मक सन्देश दिन महिलाहरू सक्रिय भएर लाग्दै आएका छन् ।

बेसहारा बुबाआमालाई राम्रोसँग स्याहारसुसार गरि पालन पोषण गरी महिलाहरूले सामाजिक क्षेत्रमा सेवामूलक काम गर्दै आएका आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिइन् । विसं २०७० सालदेखि सुरु भएको आश्रमा हालसम्म ८ जनाको मृत्यु भैसकेको छ । मृत्यु भएको सबैको महिलाले शव बोकेको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button