तीन महिने ढाका कपडा बुनाइ तालिम सुरु

व्यास नगरपालिकाले व्यास १ कराङकाठमा ३ महिने ढाका कपडा बुनाइ तालिम सुरु गरेको छ । नगरपालिकाको नेतृत्व विकास अन्तरर्गत व्यास १ कराङकाठमा रहेको निखिल ढाका उद्योगमा ३ महिने तालिम सुरु गरिएको हो । विहिबार तालिमको उद्घाटन गदै व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले हरेक वडाका महिलाहरूलाई उद्योमी वनाई ढाका उद्योग सञ्चालन गर्न सक्ने बनाईने बताईन् । उनले महिलाको नेतृत्व वढाउदै आर्थिक क्रान्तिसँगै क्षमता माथि उठाउन सकिने बताईन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रेग्मीले महिलाहरूको नेतृत्व क्षमतामा वृद्धि गर्न पहिले सीप सिकेर उद्योमी वन्दै अर्थसँग पहुँच पुग्नुपर्ने धारणा व्यक्त गरे ।

नगरपालिकाका वोर्ड सदस्य नरीमाया थापाले सम्पूर्ण सहभागी महिलाहरूले यसलाई अवसरको रूपमा लिदै उद्योग सञ्चालन गर्ने क्षमता विकास गर्नुपर्ने धारणा राखिन्। प्रशिक्षण कार्यक्रमका वारेमा वोल्दै व्यास नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष काशीराम श्रेष्ठले हरेक सिपलाई सिकेर कार्यान्वयन गर्न सकें आफ्नै स्थानमा उद्योगपति भएर मान प्रतिष्ठा र सम्पत्ति सबै आर्जन गर्न सकिने धारणा राखे।

प्रशिक्षणका प्रशिक्षक बिष्णु कुमार चौधरीले सबै सहभागी प्रशिक्षार्थीले ध्यान दिएर तालिम सफल वनाउन आग्रह गरेका थिए। कार्यक्रममा नगरपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष प्रेमकुमार श्रेष्ठ,बोर्ड सदस्यहरू कल्पना पोख्रेल,चन्द्रमाया परिवार पत्रकार महासंघ अध्यक्ष ओमकार आचार्य ,महिला सशक्तीकरण सञ्चार समाजकी अध्यक्ष प्रकृति खनाल लगाएतको उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाका वोर्ड सदस्य तथा सामाजिक विकास समितिका संयोजक तमबहादुर दरैले तालिमलाई उपलब्धिमूलक बनाई आ–आफ्नो क्षेत्रमा उद्योमी बन्दै आर्थिक उपार्जन हुनु पर्ने धारणा राखेका थिए ।

प्रशिक्षणमा उपस्थित सबैलाई स्वागत गर्दै व्यास नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखाकी महिला विकास निरिक्षक राधा वाग्लेले सबैलाई प्रशिक्षणको मर्मलाई बुझेर ३ महिने तालिम सम्पन्न गर्न साथ ,समन्वय र सहयोगको अपेक्षा गरेकी थिइन्। उद्घाटन कार्यक्रमको सञ्चालन उपशाखा प्रमुख राधा आचार्यले गरेकी थिइन्। प्रशिक्षणमा हरेक वडाका १जना महिला अनिवार्य सहभागी गराइएको छ।उनिहरूलाई समय र मागमा आधारित कार्यक्रम गरि हरेक स्थानमा उद्योग सञ्चालन गरि पहिचान युक्त व्यास नगर वनाउनुपर्ने सहभागीको धारणा रहेको थियो।

तालिममा उपस्थित सहभागीले यस्ता तालिम लिने अवसर जुटेकोमा नगरपालिका प्रति धन्यवाद दिदै ढाका बुनाई तालिममा नगरपालिकाले गरेको खर्चलाई उपलब्धिपूर्ण वनाई व्यवाहारमानै काम गर्ने धारणा राखेका थिए। व्यास नगरपालिकाका १४जना महिलाहरूको सहभागीता रहने सो तालिम ३महिनासम्म निखिल ढाका उद्योग व्यास १कराङकाठमा चल्ने वताइऐको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button