स्तरोन्नती हुँदै तीनखोले मन्दिर जाने सडक

स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा पर्ने तीनखोले देवीको मन्दिर पुग्ने सडक स्तरोन्नतीले प्राथमिकता पाएको छ । दुई दशक अगाडी ट्रयाक खोलिएको सडकलाई शुक्लागण्डकी नगरपालिकामा जनप्रतिनिधी आएपछिको लगातार ४ आर्थिक बर्षसम्म ४० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेर स्तरोन्नती भईरहेको छ । गत आर्थिक बर्षमा विनियोजित बजेटमध्येको १७ लाख रुपैयाँले यतिबेला ग्यारसिङ फेदीको उकालोमा कालोपत्रेको काम भईरहेको वडाध्यक्ष कृष्णबहादुर पौडेलले जानकारी दिए । ‘४० लाख रुपैयाँ बजेटबाट नाला निर्माण र सडक ढलानका निम्ति नगरपालिकाले टेन्डर आह्वान गरेको थियो । घटिघटाउमा २३ लाखको टेन्डर प¥यो । बाँकी रकमबाट उपभोक्ता समितिले कालोपत्रेको काम गरेका छन्’, उनले भने । कोरोना प्रभावले ५० मिटर सडक ढलानको काम भने अधुरै रहेको उनको भनाई छ ।

वडाध्यक्ष पौडेलका अनुसार चाालु आर्थिक बर्षमा विनियोजित ४० लाख रुपैयाँले नालासहित सडक कालोपत्रे गरिनेछ । ‘नगरपालिकाले तीनखोले मन्दिर पुग्ने सडकलाई प्राथमिकतामा राखेको छ’, वडाध्यक्ष पौडेलले भने, ‘ग्रामिण पर्यटन बिकास कार्यक्रम अन्र्तगत विश्व बैंकसंगको सहकार्यमा सडक स्तरोन्नतीको कुरा चलिरहेको छ ।’ पछिल्लो ४ बर्षमा नगरपालिकाले बजेट विनियोजन गरेर सडक स्तरोन्नतीलाई प्राथमिकता दिएपनि विनियोजित बजेट पर्याप्त नभएको खैरेनीटार तीनखोले देवी मोटरमार्ग समितिका अध्यक्ष हरिराज घिमिरे बतााउँछन् । उनी भन्छन्, ‘पहिला भन्दा जनप्रतिनिधी आएपछि बजेट त बढेको हो । तैपनी सन्तोषजनक चाहीँ छैन् । यही गतिमा स्तरोन्नती हुदै गए मन्दिरसम्म पुग्ने सडक कालोपत्रेको काम सक्न अझै ५÷७ बर्ष लाग्छ होला ।’

खैरेनीटार बजारदेखी ७.५ किलोमिटर पर पर्दछ तीनखोले देवीको मन्दिर । खैरेनीटार तीनखोले देवी मोटर मार्ग हुदैँ मन्दिर पुगिन्छ । उक्त सडकखण्डको जाम्दीसम्म ६.४ किलोमिटर ट्रयाक २०५६ सालमा खोलिएको हो । जाम्दीदेखी मन्दिरसम्म पुग्ने १. १ किलोमिटर सडक २०६८ सालमा ट्रयाक खनिएको हो । मन्दिर व्यवस्थापन समिति गठन भएपछि समितिकै पहलमा मन्दिरसम्म सडक पु¥याईयो । चालु बर्षको बजेटले अफ्ठ्यारो उकालोमा सडक कालोपत्रे गर्ने मोटरमार्ग समितिका अध्यक्ष घिमिरेले जनाए । ‘जहाँनेर धेरै अफ्ठ्यारो छ, त्यहाँ कालोपत्रे गर्ने हो । हिउँदमा ग्राभेल ग¥यो बर्खाको भेलले बगाईदिन्छ । कालोपत्रे भएपछि अलि समय टिक्ला की ।’

तीनखोले मन्दिर जाने बाटोमा पर्ने बेलबोटे खोलामा मोटरेबल पुल आवश्यक रहेको घिमिरे बताउँछन् । ‘हिउँदमा ह्युमपाइप राखेर सवारीसाधन तर्छन् । बर्खाको बेलामा खोला बढेर तर्न नसक्ने अवस्था आउँछ । खोलाले ह्यूमपाइप पनि बगाईदिन्छ’, उनले भने, ‘सडक कालोपत्रे भएर मात्रै हुदैँन । त्यहाँ एउटा मोटरेबल पुल अतिआवश्यक छ ।’ दुई बर्ष अगाडी नगरपालिकाले मोटरेबल पुल बनाउन डिपिआर तयार पारेपनि बजेट ठुलो आकारमा बजेट विनियोजन गर्नुपर्ने भएपछि काम अगाडी नबढेको घिमिरेले जानकारी दिए ।

सडक स्तरोन्नती हुदै गएपछि तीनखोले मन्दिर पुग्ने धार्मिक पर्यटक बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारीले बताए । ‘हिउँदयाममा मन्दिर आउने पर्यटकको संख्या बढ्दै थियो’, उनले भने, ‘यसपाली विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा सुनसान छ ।’ सडक सहज भएमा पृथ्विराजमार्गबाट नजिकै भएकाले मन्दिर पुग्ने भक्तजनको संख्यामा उल्लेख्य बृद्धी हुने उनको भनाई छ ।

तीनखोलेदेवी मन्दिर १८८७ सालमा स्थापित भएको जिल्लाकै धार्मिक महत्वपुर्ण शक्तिपिठ हो । २०६८ सलामा मन्दिर व्यवस्थापन समिति गठन भएपछि एक दशकको अवधिमा मन्दिरको बिकासले लय समात्दै छ । पुरानो जिर्ण मन्दिरलाई पुननिर्माण गरेर नयाँ आकर्षक बनाईएको छ । मन्दिर परिसरमा विभिन्न पुर्वाधार थपिने क्रमले निरन्तरता पाएको छ । मन्दिरको बृहत्तर बिकास र अन्तरािष्ट्रस्तरसम्म प्रचारप्रसार गर्ने उदेश्यले २०७५ सालमा २४ देखी ३० असोजसम्म श्रीमद् देवीभागवत तथा धार्मिक महोत्सव गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button