म्याग्देमा कभर्ड हल निर्माण

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा कभर्डहल निर्माण सम्पन्न गरिएको छ । उक्त कभर्डहलको विहिबार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेता भण्डारीले खेलकुद पुर्वाधारको बिकासमा पालीका स्तरीय मुल्यांकन गर्दा म्याग्दे गाउँपालीका अब्बल पाएको बताए । नेपालका अधिकांश खेलाडीहरू पहाडी एरियाबाट नैँ उत्पादन भएको हुँदा थर्पु ब्याडमिन्टन क्लवले पनि यस हल सम्पन्न पश्चात् राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्नेमा आँफु बिश्वस्त रहेको उनले बताए ।

नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकास आलेले पूवर्धार विकास मात्र नभई खेलकुदको क्षेत्रका लागि यस किसिमका भवन बन्नुपनि बिकास भएको बताए । स्वास्थ्यको लागि खेलकुद अपरिहार्य भएकोले खेलकुद तर्फ लाग्न युवाहरूलाई उनले आग्रह गरे । म्याग्दे गाउँपालीकाका अध्यक्ष मायादेवी रानाले खेलकुद सँगसँगै सबै क्षेत्रको बिकासको लागि गाउँपालिका निरन्तर लागिरहेको बताइन् । कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँ संगठन बिभाग प्रमुख एवं म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , गौरबराज राना , हिरा गुरूङ , प्रेमबहादुर थापा , दिपक कुमार श्रेष्ठ , बद्रीका घिमिरे , डिलबहादुर नेपाली लगायतले बोलेका थिए ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रथम म्याग्दे ब्याडमिन्टन कप २०७७ चैत १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष कुशल थापाले सो अवसरमा जानकारी दिए । क्लवका अध्यक्ष कुशल थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नरसिंह रानाले र सञ्चालन पशुपति अर्यालले गरेका थिए । २७ लाख रूपयाँमा कभर्डहल भवन सम्पन्न भएको क्लबले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button