डिजिटल सिकाई अभियान तनहुँबाट शुभारम्भ

किताबी ज्ञानका साथै प्राविधिक सीपले पनि शिक्षक र विद्यार्थी दुवैलाई योग्य बनाउन मङ्गलबार तनहुँबाट डिजिटल सिकाई अभियानको सुरुवात गरिएको छ । स्थानीय तहको सहकार्यमा एकिकृत हरित विकास नेपालले अभियानको थालनी गरिएको हो ।

  विद्यालयलाई प्रविधिमैत्री बनाएर शिक्षणलाई प्रभावकारी बनाउन स्थानीय तहको सहकार्यमा देशै भरी लैजाने गरी अभियान सुरुवात गरिएको एकिकृत हरित विकास नेपाल काठमाडौंका अध्यक्ष कमलहरी जिसीले जानकारी दिनुभयो ।  अभियानको व्यास नगर पालिका–१० दुम्सी स्थित शिव माध्यामिक विद्यालयबाट अभियानको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलले शुभारम्भ गरे ।  सो अवसरमा नगर प्रमुख न्यौपानेले अधिकांश विद्यार्थीको हातहातमा मोबाईल भईसकेको र तिव्र ज्ञान लिने उनिहरुको चाहानालाई पुरा गर्न डिजिटल सिकाई अनिवार्य भएको बताए ।   व्यास नगरपालिकाले नगर क्षेत्रको विद्यालयको  लागि डिजिटल अफलाइन, कम्युटर सफ्टवयरको लागि चार लाख रुपियाँ र एकिकृत हरित विकास नेपालले ३ लाख ५० हजार रुपियाँ  सहयोग गर्ने निर्णय भएको एकिकृत हरित विकास नेपालका कार्यक्रम संयोजक श्रीकृष्ण आचार्यले जानकारी दिए ।   नगरपालिकाले यस्तो सिकाईको आवश्यकता पहिचान गरी कितावी ज्ञानका अतिरिक्त प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम तथा कम्प्युटर, ल्याबटव, प्रोजेक्टर, पिन्टन्र, प्रदान गर्ने कार्यलाई प्राथमिकता दिएकोले व्यास नगरपालिकाबाट शुरुवात गरिएको संयोजक आचार्यको भनाई छ । स्थानीय सरकारले  शिक्षा क्षेत्रमा पहिलो सकरात्मक कदम चालेको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेशले बताए ।  प्रयोगात्मक रुपमा कसरी कम्प्युटर सिकाउने ज्ञान नहुँदा विद्यार्थी सिकाउनै मुस्किल हुने गरेकाले विद्यालयका सबै शिक्षकलाई आधारभूत कम्युटर तालिम प्रदान गरिएको शिव माध्यामिक विद्यालयका प्रधानाध्यापक तिर्थराज परियारले जानकारी दिए । शिक्षकमा विषयवस्तु र शिक्षण कलाले मात्र नभएर प्राविधिक ज्ञान पनि अत्यावश्यक भएकोले अभियान सुरु गरिएको एकिकृत हरित विकास नेपालका उपाध्यक्ष रामदक्त पौडेलले बताउनुभयो । 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button