निःशुल्क आँखा परीक्षण गर्न पाउदा जेष्ठ नागरिक हर्षित

दमौली खबर संवाददाता
फागुन १२, दमौली । उमेर ढल्किै जाँदा विभिन्न रोगले सताउने गर्छ । जेष्ठ नागरिहरुमा आँखा कम देख्ने, कान कम सुन्ने, हाडजोर्नी, नसा र छाला सम्बन्धि समस्या बाट पिडित बन्नु परेको छ । यस्तै आँखामा आँसु बगिरहने समस्याले पिडित छन् व्यास ४ सिमलटारका ७९ वर्षिया गोपनास सापकोटा । ७० वर्ष नाघेपछि उनको आँखामा यस्तो समस्या देखापरेको हो । त्यही पिडा सुनाउदै उनी मंगलबार दमौलीमा भएको आँखा शिविरमा आए । व्यास नगरपालिकाले जेष्ठ नागरिकहरुलाइ लक्षित आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनले उक्त पिडा सुनाए ।

उनको आँखा परिक्षण पछि उनलाई डाक्टरले चस्मा दिदै लगाउन सुझाव दिए । ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरि हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा ४ दिने निःशुल्क शिविर आयोजना गरिएको हो । शिविरमा नगरपालिकाका १४ वटै वडाका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको आँखा परिक्षण गरिनुका साथै आवश्यकता अनुसार निशुल्क औषधी र चस्मा वितरण गरिने बताइएको छ ।

आँखा परिक्षण गर्दा अप्रेशन गर्नु पर्ने अवस्था भएकालाई निशुल्क अप्रेशन सेवा समेत प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले ८७ वर्षीया वेदमाया वाग्लेलाई कार्ड हस्तान्तरण गरी शिविरको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै उनले उमेर ढल्किदै जाँदा आँखा सम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरिएको बताए ।

उनले भने, ‘ढल्किदो उमेरसँगै आँखाको ज्योति कमजोर हुन्छ । ज्येष्ठ नागरिकका सामान्य दैनिकी समेत प्रभावित हुने हुदाँे सहजताको लागि शिविर सञ्चालन गरेका हौँ ।’ कार्यपालिका सदस्य एवम् शिक्षा तथा सामाजिक विकास समितिको संयोजक तमबहादुर दरैको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख मिरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, पुर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, वडा नं २का वडा अध्यक्ष काशीराम श्रेष्ठ लगायतले बोलेका थिए भने कार्यक्रम संचालन शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले गरेका थिए ।

मंगलबार व्यासका १, २, ३ र ४ नम्बर वडाका ज्येष्ठ नागरिकको आँखा जाँच गरिएको छ । त्यस्तै फागुन १२ गते ५, ६, ७ र ८ नम्बर वडाका ज्येष्ठ नागरिकले सेवा लिन पाउने छन् भने १३ गते ९ , १०, ११ र १२ नम्बर वडाका नागरिकको लागि सेवा सञ्चालन हुनेछ । त्यस्तै गरी शिविरको अन्तिम दिन अर्थात १४ गते १३ र १४ नम्बर वडाका ज्येष्ठ नागरिकहरु सेवाबाट लाभान्वित हुने नगरपालिकाले जनाएको छ । चारै दिन शिविर बालमन्दिरकै प्राङ्गणमा सञ्चालन हुनेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button