कोरोना संक्रमीत बोक्दै गाँउपालिका अध्यक्ष

दमौली खबर संवाददाता
गत जेठ २४ गते कोरोना संक्रमण पुष्टि भए पछि बन्दिपूर गाँउपालिका वडा नं ४ का एक दम्पत्ती होमआईशोलेसनमा बसेका थिए । बुधबार श्वास प्रश्वासमा समस्या भएपछि छटपट्याएका थिए । दम्पत्तीका परिवार र छिमेकी आत्तिए । गाउँमा एम्बुलेन्स खोज्दा भेटिएन। अस्पताल दौडाउन गाडीको बन्दोबस्ती गर्नुपर्ने देखियो । गाडी खोजेको केही समय पछि घर अगाडि एउटा ग २ च ४२४ नम्बंरको निजी गाडी आइपुग्यो । गाडीको डाईभर सिटमा थिए गाउँपालिका अध्यक्ष पूर्णसिं थापा । त्यसपछि गाडीको पछाडी दुबै दम्पत्तीलाई बस्न अध्यक्ष थापाले आग्रह गरे । एक स्थानियले भने, ‘अध्यक्षज्युले नै गाडी ल्याउनुभएछ ।

बोकेर लैजान पनि हामी आफैलाई संक्रमण हुने की भन्ने डर थियो,’ स्थानियले अघि भने,’ हामीलाई त केही थाहा पनि छैन। अध्यक्षलाई गाँउले फोन गरेका रहेछन । दुबैलाई बचाउन सफल भइयो।’ गाँउपालिका अध्यक्ष थापाले दम्पत्तीलाई बन्दिपूर अस्पतालसम्म पु¥याए । जनप्रतिनिधिले चढ्दै आएको गाडीलाई गाँउपालिकाले एम्बुलेन्स बनाएको थियो । तर उक्त गाडी स्वाब लिएर पोखरा पुगेको थाहा पाएपछि आफु लिन भएको अध्यक्ष थापाले बताए । उनले भने,‘अरु एम्बुलेन्स खाज्नु भन्दा आफनै गाडी आफैले चलाएर दुबैलाई अस्पतालमा भर्ना गराएको छु । गाँउपालिकाले एम्बुलेन्स खरिदको प्रकृया अगाडी बढाएपनि ढिलाई भएपछि जनप्रतिनिधिले चढ्दै आएको गाडीले सर्वसाधारणलाई सेवा दिदै आएको छ । गाउँपालिकाले अघिल्लो वर्ष तयार पारेको पूर्वाधारले गर्दा यसपटक कोभिडका बिरामीलाई उपचार गराउन सजिलो भएको बताउँछन् थापा ।

थप जटिल हुन नदिन र संक्रमण रोकथामका लागि टोलटोलमा परीक्षण सुरु भइसकेको उनले सुनाए। ‘शंकास्पद बिरामीको घरघर पुगेर परीक्षण थालेका छौँ। यसमा सबै जनप्रतिनिधि खटिएका छन्,’ अध्यक्ष थापाले भने, ’कति चाहिँ डरले परीक्षण गराउन निस्किँदैनन्।’ यो समय अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय नभएको उनको भनाई छ । अध्यक्ष थापाले भने, ‘अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय यो हैन। निर्वाचित जनप्रतिनिधि भएपछि जनताको सेवामा लाग्नुपर्छ ।’उनले अघि थपे,‘अहिले अन्य कुरामा भन्दा आफ्नो नागरिक बचाउन आफैँ लाग्ने हो।’ होमआईशोलेसनका संक्रमितको अवस्था बुझन गाँउपालिकाले घरदैलो अभियान पनि जारी राखेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button