महिलाईलाई स्वरोजगार बनाउन सीप सिकाउँदै म्याग्दे गाउँपालिका

दमौली खबर संवाददाता

म्याग्दे, माघ १३ गते ।

तनहुँको म्याग्दे गाउँपालिकाकाले महिलाहरुको आयस्तर परिवर्तन गर्न स्वरोजगार मुलक तालिम प्रदान गरेको छ । तालिम पाएपछि महिलाहरु मख्ख परेका छन् । दुबोको वरमाला, पोते वनाउने, क्रिस्टलको मोतीको चुरा वनाउने, फुलमालाको पोते वनाउने, क्रिस्टलको टप वनाउने, फाईवरको माला वनाउने, रानीहार वनाउने जस्ता तलिम पाएपछि उनिहरु मख्ख परेका हुन् । तालिमबाट दुवोको माला वनाउन जानेपछि आफुलाई मनोवल र हिम्मत वढेको सहभागी अनिता विकले वताउनुभयो । तालिम लिएपछि आफुमा सिकेको सवै सिप गर्न सक्ने विश्वास पलाएको बिक बताउनुहुन्छ । ‘जानेको सीपलाई व्यहारमा उतारे उद्यमलाई निरन्तरता दिएर आर्थिक उपार्जनमा लाग्ने सोच वनाएको छु, विकले भन्नुभयो । अनिता मात्र होईन तालिम लिएका स्थायिन विमला पण्डित, अनिता विक, विष्णु श्रेष्ठ, गंगा श्रेष्ठ, रोशनी वंशी ठकुरी, सन्ध्या रेग्मी, सिर्जना वाग्ले, विचमाया परियार पनि जानेपछि खुशी हुनु भएको छ ।

उनिहरु मात्र होईन हर्कपुरका सुस्मिता परियार, सानुमाया थापा, शिवकुमारी राना, राममाया परियार, देवी परियार, निर्मला राना, फुलमाया परियार, मिनु परियारले पनि व्यवहारिक सिकाईले आफुहरुलाई हौंसला र मनोवल वढेको वताउनुभयो ।

सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौं भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिकाद्धारा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) व्यवहारिक सिकाई शुरु भएको हो ।

वडा नम्बर ७ को हर्कपुरमा सिप सिकेर आत्मनिर्भर वनाउन स्थानीय १६ जना महिलालाई तालिम दिईएको हो । तालिममा घरेलु तथा साना उद्योगलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने अभिमुखीकरण कार्यक्रम पछि व्यवहारिक सिप सिकाईएको हो ।

८ दिन सम्म व्यवहारिक सिप सिकाई कार्यक्रममा सहभागीहरुलाई वरमाला पोते वनाउने, क्रिस्टलको मोतीको चुरा वनाउने, फुलमाला को पोते वनाउने, क्रिस्टलको टप वनाउने, फाईवरको माला वनाउने, रानीहार, दुवोमाला वनाउने तालिम प्रदान गरिएको म्याग्दे गाँउपालिकाका अधिकृत सातौ एवं मेडपाका फोकल पर्सन प्रदिप न्यौपानेले जानकारी दिनुभयो ।

आफुलाई आवश्यक परेको र प्रयोग गर्दे आएको सवै समानहरु आफैले नै वनाउन सक्ने भएपछि गंगा श्रेष्ठले पनि अव सिपलाई निरन्तरता दिने वताउनुभयो । दुवोको माला, फाईवरको माला आफैले वनाउन सक्ने भएका छौ, स्थानिय कार्यक्रममा वाहिर वाट किनेर ःल्याउने मालाहरु अव आफैले वनाउन सक्ने भएपछि खुशी लागेको छ । अव सिपलाई निरन्तरता दिने श्रेष्ठले वताउनुभयो ।

सानो लगानीले पनि आम्दानी गर्न सकिन्छ भन्ने आशा पलाएको सहभागी विचमाया परियारले वताईन । क्रिस्टलको माला आफैले किनेर लगाउदै आएको थिए, अव सामाग्री किनरे आफै वनाएर लगाउँछु, परियारले भनिन् । तालिमले हामीलाई हौसला वढाएको छ । हामी जस्तो गृहणीको लागी यो सिप सिकाई आत्मनिर्भर वन्ने वाटो रहेछ, उहाँले भन्नुभयो । व्यवहारिक तालिममा सहभागीहरुलाई सोफिया खातुन र आवेदा खातुनले प्रशिक्षण दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button