मनकारी शिक्षक भट्टराई आत्मदाह गरेका आचार्यको परिवारलाई ५० हजार सहयोग

दमौली खबर संवाददाता

दमौली, माघ ११

तनहुँका एक मनकारी शिक्षकले संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गर्नु भएको छ । शिक्षक रमेशबाबु भट्टराईले आर्थिक सहयोग गर्नु भएको हो । उहाँको यस कार्यको जिल्लामा सवत्र प्रशंशा भएको छ ।

शिक्षक भट्टराईले स्व. आचार्यको परिवारलाई ५० हजार रुपियाँ बैंक मार्फत परिवारजनलाई बुधबार सहयोग गर्नु भएको छ । आचार्य परिवारको पीडामा मलम लगाउनका मद्धत गरेको शिक्षक भट्टराईले बताउनुभयो । साथै भट्टराईले पीडामा परेका परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ । ‘थोपा थोपा गरेर सागर हुन्छ दुःखमा परेको परिवारलाई सहयोग घाउँमा मलम लगाउनु पर्छ’ शिक्षक भट्टराईले भन्नुभयो । आचार्यले मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा प्रट्रोल छर्किएर आगो लगाउनु भएको थियो । उहाँको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको थियो । विभिन्न व्यवसाय गर्नखोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइट नोट’ लेग्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button