लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

दमौली खबर संवाददाता
व्यास नगरपालिका र मादीगंगा महिला बहुउद्धेश्यीय सहकारीद्धारा हिंसा पीडितलाई आर्थिक सहयोग
बेन्जु अधिकारी
दमौली, मंसिर २३ ।  देशभर शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबारबार सम्पन्न छ । जस अन्तर्गत तनहुँको घोडाघोडी नगरपालिकाले पनि अभियान सम्पन्न गरेको छ ।
अभियानको एक कार्यक्रम गरी समापन गरिएको हो ।अभियानको समापन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानले अभियान पुरा भएपनि वर्षैभरी  हिंसा न्यूनिकरणको लागि चनाखो हुनु पर्ने बताउनुभयो । साथै उहाँले हिंसा पीडितको न्यायको लागि नगरपालिका सधैं साथ  दिने र सहयोग गर्ने बताउनुभयो । महिलाहरुले क्षमता बिकास नगरे सम्म हिंसा न्युनीकरण नहुने हुँदा समुदायमा महिला हिंसा बढी हुने गरेको पाईएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रबृत्तीले हिंसा न्युनीकरण नहुने र यसका लागि सरकार, संघ संस्था तथा स्थानियहरु समेत जागरुप बन्नु पर्ने वक्ताहरुको जोड थियो ।  यस्ता अभिया समुदायमा विद्यमान हिंसा, कुरीती, कुसंस्कारको अन्त्य गर्न अभियान र दिवसले मात्रै नपुग्ने सरोकारवालाहरुले बताएका  थिए ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले आफू माथि भएको हिंसाको सहेर नबसी प्रतिकार गर्नु पर्ने बताउनुभयो ।  समस्या परेमा पालिका, प्रहरी, बालबालिका हेल्प लाइन, महिला आयोग, बालबालिका खोजतलास केन्द्र लगायतका सम्पर्क गरी अन्यायका बिरुद्ध लडाई गर्नु पर्ने नागिलाले बताउनुभयो लैङ्गिक हिंसा भनेको के हो ? भन्ने कुरापनी कतिपयलाई थाहा नहुने हुँदा नगर सरकारले यस सम्बन्धि कार्ययोजना निर्माण गरी समुदायमा पुगेर जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका थिए ।
 सो अवसरमा व्यास नगरपालिकाले आफ्ना पालिकाका हिंसा पीडितलाई चार हजारका दरले सात जनालाई आर्थिक सहयोग गरिएको थियो । यस्तै गरी मादीगंगा महिला बहुउद्धेश्यीय सहकारी सस्थाले हिंसा पीडित पाँच जनालाई जनही १५ हजार रुपियाँ जिविकोपार्जनको लागि रकम प्रदान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button