मियाको जीवन बचाउन मञ्चद्धारा अभियान सञ्चालन

दमौली खबर संवाददाता
दमौली, मंसिर ७ गते । तनहुँका एक व्यक्तिको आर्थिक अभावले उपचारमा समस्या परेको छ । व्यास नगरपालिका–६ शिसाघाट निवासी मेहरमान मियाको उपचारको लागि समस्या परेको हो ।
 टाउँकोमा पानी जमेको र एक साईटमा प्यारालाईसिसको उपचारको लागि रकम नहुँदा समस्या परेको हो । मियाको जीवन बचाउनको लागि शिसाघाट स्थित महेन्द्र ज्योति मावि पूर्व विद्यार्थी मञ्चले अभियान चलाएको छ । हालसम्म मियाको उपचारको  लागि एक लाख रुपियाँ संकलन भईसकेको र रकम संकलन जारी रहेको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष भानु चापागाईले बताउनुभयो । उपचारको लागि १० लाख रुपियाँ लाग्ने चिकित्सकले बताएको उहाँले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button