प्रशासन कार्यालयमा पहिलो पटक महिला प्रशासकीय अधिकृत

दमौली खबर संवाददाता
दमौली, १९ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँमा पहिलो पटक महिलाले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ । जिम्मेवारी सम्हाल्नु भएको छ । गतनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठले हालै जिम्मेवारी सम्हाल्नु भएको हो ।
     अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंमा खरिदारको रूपमा कार्यरत श्रेष्ठले अधिकृतमा नाम निकाले पनि आफ्नै जन्मभूमीको जिल्लामा काम गर्ने अवसर पाउनु भएको छ । प्रशासकीय अधिकृतको रुपमा काम गरेको पहिलो अनुभव भएको श्रेष्ठले बताउनुभयो । सेवाग्राही धेरै आउने भएकोले सधैं भिडभाड हुने गरेपनि थकाई महशुस नभएको श्रेष्ठले बताउनुभयो ।
 श्रेष्ठको सेवा प्रवाह यस अघि रहेको पुरुषको भन्दा कुनै कमी नभएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो । ३७ वर्षिय श्रेष्ठले अङग्रेजीमा स्नाकोत्तर गर्नु भएको छ । ‘नागरिकता बनाउन मात्रै दैनिक ८० जना भन्दा धेरै आउँछन् राहदानीका समेत गरेर दैनिक करीव एक सय ५० जना सेवाग्राही आउने गरेकोले काम चाप धेरै छ तर आफ्नै ठाउँमा सेवा गर्न पाउँदा खुसी लागेको छ, श्रेष्ठले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button