समाजको सभापतिमा पण्डित

दमौली  १९, साउन । बीपी विचार समाज तनहुँको अध्यक्षमा हरिशरण पण्डित चयन हुनुभएको छ । दमौलीमा सम्पन्न समाजको १२ औं साधरण सभा तथा छैटौं अधिवेशनले पण्डितलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो । सभापति पण्डित समाजको निर्वतमान सचिव हुनुहुन्छ ।
     नव गठित समाजको उपसभापतिमा क्याप्टेन रेशमबहादुर गुरुङ, सचिवमा कमलभक्त पोख्रेल, कोषाध्यक्षमा भिमकुमार श्रेष्ठ र सहसचिवमा केशमाया गुरुङ   (केशु) चयन हुनु भएको छ । सदस्यहरु पछि मनोनित गरिने समाजले जनाएको छ । सो अवसरमा नव निर्वाचित सभापति पण्डितले बीपी विचार समाज नै नेपाली काँग्रेसको आत्मा भएको उल्लेख गर्दै शरिरबाट आत्मा हटे शरिर मुर्दा तुल्य भए जस्तै बीपीको विचार विना काँग्रेस र लोकतन्त्र दुवै अघि बढ्न नसक्ने बताउनुभयो । वर्तमान काँग्रेस नेतृत्व बीपीको विचारबाट विचलित भएकोले पार्टी कमजोर भएको उहाँले बताउनुभयो । बीपी विचार समाजमालाई पालिका हुँदै सबै वडामा यसको जरा पु¥याईने पण्डितको भनाई थियो ।
व्यास नगरपालिका–६ साँगेमा जन्मनु भएका सभापति पण्डित २०३५ साल देखि नै राजनीति र समाजसेवामा  सक्रिय हुनुहुन्छ । व्यास नगरपालिका–१० स्थित चण्डिदेवी राष्ट्रिय माविको माध्यामिक तहको सस्थापक प्रअ समेत हुनु भएका पण्डित २०५२ सालमा राष्ट्रिय शिक्षा पुरस्कारबाट विभुषित हुुनु भएको थियो । नेपाल विद्यार्थी संघ तनहुँको उपसभापति, ट्रेड युनियन काँग्रेसको प्रथम सचिव हुनु भएका पण्डित नेपाल शिक्षक संघ संगठन विभागको केन्द्रीय सदस्य समेत रहुनु भएको थियो । समाजसेवामा विशेष रुची राख्ने पण्डित नेपाल रेडक्रस सोसाईटी तनहुँको कोषाध्यक्ष हुनुहुन्छ । उहाँ तनहुँ सञ्चार सहकारी सस्थाको समेत अध्यक्ष, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला संयोजक एंव गण्डकी प्रदेश सदस्य  हुनुहुन्छ । मानविकी  तथा शिक्षा शास्त्रमा स्नाकोत्तर सम्मको अध्ययन गर्नु भएका पण्डित  हाल व्यास नगरपालिका–४ शितलचोक, दमौलीमा बस्नुहुन्छ ।
अधिवेशन सस्थाका निर्वतमान अध्यक्ष डिल्लीराम अधिकारीको सभापतित्वमा भएको थियो । अधिवेशनमा नेपाली काँग्रेस शुक्लागण्डकीका सभापति गोपीबहादुर गुरुङ, समाजका सहसचिव सोलबहादुर चित्रौरे, सदस्य शुकुमलाल गुरुङ, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल, युवा नेता दीपकराज जोशी, समाजका क्षेत्र नं.२ का सभापति नरेन्द्र थापा, १ का सभापति केशरबहादुर गुरुङ, व्यास नगर सभापति क्या.रेशमबहादुर गुरुङ लगायतले तनहुँमा नेपाली काँग्रेस एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । साथै यदी एकताबद्ध नभई गठबन्धनको सस्कृतिलाई मात्रै अगाडी बढाएमा स्वतन्त्र अभियानलाई साथ दिई तनहुँ काँग्रेसको एकलौटी चिन्तनलाई धराशायी पारिदिने चेतावनी सो अवसरमा दिईएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button