काँग्रेसले बीपीको आदर्श र सिद्धान्तलाई बिर्सिएको छ ः पूर्वगृह मन्त्री जोशी

दमौली, १९ साउन । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले काँग्रेसले बीपीको आदर्श र  सिद्धान्तलाई बिर्सिएको आरोप लगाउनु भएको छ । बीपी विचार समाजको छैंटो जिल्ला अधिवेशनको आज दमौलीमा उद्घाटन गर्दै नेता जोशीले सो कुरा बताउनु भएको हो ।
आफ्नो भन्दा पनि पाँच दलको घोषणापत्र बोकेर काँग्रेसले बाटो विराएको जोशीको भनाई थियो । ‘रुख पनि नचाहिने, चारतारे झण्डा पनि नबोकेर काँग्रेस कतातिर जाँदै छ कुन बाटोमा हिँडेको छ ? नेता जोशीले प्रश्न गर्नुभयो । गत स्थानीय चुनावमा चितवनको भरतपुरको आम सभामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्रको मन्त्यव्यबाट पुष्टि भएको जोशीको भनाई थियो । बीपी विचार बोकेका मान्छेलाई रुखमा भोट हाले कारबाही हुन्छ हसिया हथौडामा भोट हाल भन्दै सार्वजानिक सभामा भन्नु एक उदाहरण भएको जोशीको भनाई थियो । ‘नेपालीले काँग्रेसले सिद्धान्तलाई छोडेर सत्ताको पछि लाग्छ त्यो दिन पार्टी सिद्धिन्छ भनेर बिपीले भन्नुभएको छ अहिले त्यस्तै भईरहेको छ’ नेता जोशीले भन्नुभयो ।
 काँग्रेसले सिद्धान्त छोडेर सत्ताको पछि लागेको उहाँको आरोप थियो । ‘पाँच दलको साझा घोषणपत्र बोकेर हिडेपछि पार्टीको घोषणापत्रको अर्थ नै रहेन’ नेता जोशीले भन्नुभयो । आफ्नो समुहलाई कसैले हल्याउन नसक्ने गरी अघि बढ्न नेता जोशीले कार्यकतालाई आग्रह गर्नुभयो ।
 आगामी संघ तथा प्रदेशको चुनावमा आफ्नो समुहको सम्मानजन तरिकाबाट स्थान दिएमा तालमेल हुन सक्ने जोशीको भनाई थियो  । गएको चुनावबाट अनुभवबाट पाठ सिकेर अघि बढ्ने उहाँको भनाई थियो ।  एमालेसँग गएको चुनावसँग मात्रै तालमेल भएको र अबको चुनावमा अरुसँग हुन सक्छ नहुन पनि सक्छ एक्लै लड्न पनि सक्ने जोशीको भनाई । ‘हामी एक्लै पनि चुनाव लड्न सक्छौं त्यसको लागि पनि तयार हुनुपर्छ’ नेता जोशीले भन्नुभयो प्रत्येक वडामा एक जना विश्वासिलो मान्छे तयार गरेर दरो मान्छे राख्नु पर्ने जोशीले बताउनुभयो । अरुले के भन्छन् भन्दा पनि  पहिचानको लागि लड्न पर्ने जोशीको तर्क थियो ।
गत चुनावमा पाटीसँग मेलमिलाप गर्न चाहेपनि एकलौटी ढंगले अघि बढेको उहाँले स्पष्ट पार्नु भयो । ‘गत चुनावमा पाटी मिल्छ भने मिलोस् भने र पाँच पाँच जनाको कमिटी बनाएको तर उहाँहरुले वास्ता गर्नु भएन, फेरी गर्छ भन्ने पनि छैन त्यसैले एक्लै भएपनि चुनाव लड्ने तयारी गर्नु पर्छ’ । जोशीले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button