शुक्लागण्डकीको तेस्रो राष्ट्रपति रनिङ शिल्ड पन्चमुनिदेवको पोल्टामा

शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पन्चमुनीदेव माध्यमिक विद्यालयले हात पारेको छ । गत शुक्रबारदेखी गाउँफर्कोदय मावी ढोरफिर्दीमा सुरु भएको प्रतियोगितामा २० पदक हात पारि पन्चमुनीदेव माविले उपाधी जितेको हो । पन्चमुनीदेव माविले १० स्र्वण, तीन रजत र सात कास्य पदक प्राप्त गरेको छ । ५ स्र्वण, ५ रजत र तीन कास्य गरि जम्मा १३ पदक हात पादै हंशवाहिनीले दोस्रो स्थान हासिल गरेको छ ।

दुई स्वर्ण, ७ रजत र तीन कास्य गरी कुल १२ पदक हात पादै तालबेंसी मावि तेस्रो भएको छ । विजेतालाई क्रमशः १५ हजार, ११ हजार दुई सय ५० र सात हजार पाँच सय ५ रुपैया साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।शुक्लागण्डकी नगरपालिका प्रमुख किसान गुरुङ, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, नगरप्रवक्ता खिमबहादुर कुमालले संयुक्त रुपमा पुरस्कार वितरण गरे । पुरस्कार वितरण कार्यक्रममा बोल्दैउनले शारिरीक, मानसिक र आर्थिक रुपमा खेलकुदले सम्पन्न गराउने बताए ।

विद्यालय तहबाट विद्यार्थीलाई खेलकुदमा समावेश गर्न सके भबिष्यमा देशको नाम राख्ने खेलाडी उत्पादन हुने उनको भनाई छ ।प्रतियोगितामा १९ सामयुुदायिक र निजि विद्यालयको सहभागिता रहेको थियो भने २७ खेल भएका थिए । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ शुक्लागण्डकी नगरपालिकाका विद्यालयस्तरिय प्रतियोगिताको आयोजना गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button