पछाडी पृष्ठमा आफ्नो उम्मेद्वारी निश्चित भईसकेको केन्द्रीय सदस्य भट्टराईको भनाई

दमौली खबर संवाददाता

आँबुखैरेनी, चैत ६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ– १ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारी निश्चित भएको दाबी गर्नु भएको छ । आँबुखैरेनी बजारमा आईतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दाबी गर्नु भएको हो ।

जिल्लाको सबै भन्दा अग्रपंत्तिको नेता भएकोले पार्टीले आपूmलाई नै टिकट दिने निश्चित भएकोले कार्यकर्तालाई प्रचारमा जुट्न समेत भट्टराईले अनुरोध गर्नुभयो ।

साथीभाई, मतदाता, अन्यपाटीका मतदाता सबैसँग भेटहुँदा सबैले आफुलाई उम्मेदवार बन्न भनेको उहाँले बताउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उत्तराधिकारी भनेको भन्दै भट्टराईले उम्मेदवार बन्ने पालो आएको बताउनुभयो । ‘‘तीन कार्यकाल केन्द्रीय कार्य सदस्य, २०५३ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, त्यसपछि तरुणदलको महासचिव भएँ भट्टराईले भन्नुभयो, दुई भातृ सस्थाको मूख्य स्थानमा बसिसकेको हुनाले तनहुँ–१ मात्रै हैन देशकै राजनीतिमा पहुँच स्थापित गर्नको लागि म उम्मेदवार बन्छु ।’’

गठबन्धनको भागवण्डामा तनहुँ १ कांग्रेसको भागमा परेकाले अरु पार्टीले दाबी गर्न नमिल्ने भट्टराईको भनाई थियो । अन्य जिल्लाको उम्मेदवारलाई पार्टीले नपठाउने उल्लेख गर्दै नेता भट्टराई कसैलाई रोक्न, छेक्नको लागि षडयन्त्रको खेल खेलिएको हुन सक्ने तर तनहुँ जिल्ला नेता आयात गर्ने नभई निर्यात गर्ने जिल्ला भएको बताउनुभयो । बजारमा उम्मेदवारको नाम सुन्दा राजनीतिक हिसाबले आफू भन्दा जुनियर रहेकोले आफ्नो उम्मेदवार लगभग निश्चित भएको उहाँले बताउनुभयो ।

तनहुँ–१ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने चर्चा चलेको सम्बन्धमा भट्टराई बाहिरबाट उम्मेद्वार ल्याए गंभिर प्रतिरोध हुने बताउनुभयो । विना मेहनत तनहुँ जिल्ला खाली भयो भनेर आँखा लगाउनु उपयुक्त नभएको उहाँले बताउनुभयो । ‘‘कार्यकर्ता र मतदाताबाट गंभिर प्रतिरोध हुन्छ पानीको पाइप ल्याउनु छैन, एक हजारको एउटा योजना हाल्नु छैन, मेरो दाबी हुन्छ भनेर भन्न मिल्दैन’’ भट्टराईले भन्नुभयो । कहिकतै सहयोग नगरेको व्यक्तिले टिकटको लागि आँखा लगाउनु नाजायज विषय भएको भट्टराईले बताउनुभयो । ‘‘नाजायज भएको व्यक्ति उम्मेदवार बनेर आउँछ भने गंभिर रुपमा प्रतिरोध हुन्छ’’ भट्टराईले भन्नुभयो । विगतको जस्तो तित्तता, झगडा कांग्रेसमा नहोस् भन्नको लागि तनहुँको कांग्रेस एकताबद्ध बनाउने जिम्मेवारी रहेको त्यसप्रति आफू गंभिर रहेको भट्टराईले बताउनुभयो ।

मतदाता र विकास गर्ने नेता चाहिने र आफू कुनै पदको रुपमा रहँदा खानेपानी, विद्यालय भवन, मोटरबाटो विद्युतिकरण, पुल, टेलिफोन क्षेत्रमा ठुलो योगदान दिएको र पहल गरेकोले आममतदाताले आफूलाई चाहेको भट्टराईले बताउनुभयो । घरदैलोमा डुल्ने क्रममा कांग्रेस मात्रै नभई फरक पार्टी मतदाताले चाहेको पाएको भट्टराईले बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस आँबुखैरेनीका नेताहरु चिजादेवी श्रेष्ठ, शालिग्राम अधिकारी, लगायतले विकासको काममा धेरै योगदान दिएको अग्रपक्तिको नेता भएकोले जीत हासिल गर्न सहज हुने हुँदा भट्टराईलाई टिकट दिँदा उपयुक्त हुनेकुरामा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button